४ हजार पदका लागि गण्डकीमा १२ हजारभन्दा बढी उम्मेद्वार

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
_MG_7745

पाेखरा । गण्डकी प्रदेशमा प्रमुख र उपप्रमुख सहित वडाका जनप्रतिनिधि करिव ४ हजार निर्वाचित हुनेछन् । ८५ पालिका रहेको यहाँ १ सय ७० जना प्रमुख उपप्रमुख र ३ हजार ७ सय ९५ जना वडा जनप्रतिनिधि निर्वाचित हुनेछन् । त्यसबाहेक कार्यपालिका सदस्य पछि मनोनित हुनेछन् । यहाँ ७५९ वडाहरु छन् । गण्डकीमा ३ हजार ७ सय ९५ वडा सदस्य र १७० प्रमुख उपप्रमुख सहित ३ हजार ९ सय ६५ जना जनप्रतिनिधि निर्वाचित हुन्छन् । गण्डकीमा एउटा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका छन् । २६ नगरपालिका र एउटा महानगरपालिका रहेकोमा नगरको प्रमुख बन्न २ सय ३७ जनाको मनोनयन दर्ता भएको छ भने उपमेयरका लागि १ सय ६४ जना छन् ।

सबैभन्दा बढी पोखरा महानगरपालिका र सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा मनोनयन दर्ता भएको छ

५८ गाउँपाकिलाको अध्यक्ष बन्न २ सय ८९ र उपाध्यक्षका लागि २ सय २९ जनाको मनोनयन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । वडाध्यक्षका लागि २ हजार ९ सय ६ जनाको दावी छ । महिला सदस्यमा २ हजार १ सय ७८ र दलित महिला सदस्यमा १ हजार ९ सय ९१ जना उम्मेद्वार छन् । दुई खुला सदस्यमा ४ हजार ७ सय ९३ जनाले मनोनयन दिएका हुन् । करिव ४ हजार पदमा हुने निर्वाचनका लागि १२ हजार ७ सय ८७ जनाले मनोनयन दर्ता गराएका आयोगले जनाएको छ ।

सबैभन्दा बढी पोखरा महानगरपालिका र सबैभन्दा कम नार्पाभूमी गाउँपालिकामा मनोनयन दर्ता भएको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा १८ जना नगर प्रमुख र १० जना उपप्रमुख तथा ५७ जना गाउँपालिका अध्यक्ष र ४६ जना उपाध्यक्ष चुनावी मैदानमा छन् । ४ सय ५३ जना वडाध्यक्ष, ३ सय ३५ महिला सदस्य, ३ सय १० दलित महिला सदस्य, ७ सय ३८ खुला सदस्य गरी १ हजार ९ सय ६७ जना उम्मेद्वार छन् ।
४ गाउँपालिका रहेको मनाङमा अध्यक्ष बन्न ९ जनाको दावी छ भने उपाध्यक्षमा ८ जना मात्रै छन् ।

नार्पाभूमी गाउँपालिकामा उपाध्यक्ष सर्वसम्मत भैसकेका छन् । वडाध्यक्षमा ४८, महिला सदस्यमा ४०, दलित महिला सदस्यमा २२, खुला वडा सदस्यमा ८२ गरी २ सय ९ जनाले मनोनयन दिएका हुन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा नगरप्रुमख बन्न २२ जना, उपप्रमुखका लागि २५ जना, गाउँपालिका अध्यक्षमा पनि २२ र उपाध्यक्षमा १४ जनाको उम्मेद्वारी छ । वडाध्यक्षमा २ सय ६१, महिला सदस्यमा २ सय, दलित महिला सदस्यमा १ सय ८०, खुला सदस्यमा ४ सय २२ले मनोनयन दिएका हुन् ।

एउटा मात्रै महानगर र ४ गाउँपालिका रहेको कास्कीमा नगरप्रमुख बन्न २८ जनाको दावेदारी छ । उपमेयरका लागि ११ जनाले नाम दर्ता गराए भने गाउँपालिका अध्यक्ष बन्न २५ जना, उपाध्यक्षका लागि १९ जना, वडाध्यक्षका लागि ३ सय ३७, महिला सदस्यका लागि २ सय ५५, दलित महिला सदस्यका लागि २ सय ३७, खुला सदस्यका लागि ५ सय ६७ गरी १ हजार ४ सय ७९ जना उम्मेद्वार छन् ।

४ नगरपालिका र ६ गाउँपालका रहेको तनहुँमा नगरप्रमुखका लागि ३४, उपप्रमुखको लागि २३, पालिका अध्यक्षको लागि ३७, उपाध्यक्षको लागि ३३, वडाध्यक्षको लागि ४ सय ६, महिला सदस्यमा २ सय ९५, दलित महिला सदस्यमा २ सय ७४, खुला सदस्यका लागि ६ सय ३६ गरी १ हजार ७ सय ४१ को उम्मेद्वारी परेको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङजनामा नगरप्रमुखका लागि ३८ जना र उपप्रमुखको लागि २९ जना, पालिका अध्यक्षको लागि २९ जना र उपाध्यक्षको लागि २१ जनाले नाम दिएका छन् । वडाध्यक्षमा ३ सय ५१, महिला सदस्यका लागि २ सय ६५, दलित महिला सदस्यको लागि २ सय ३४ र खुला सदस्यको लागि ५ सय ७९ गरी १ हजार ५ सय ४१ को नाम दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

४ नगरपालिका र ४ गाउँपालिका भएको नवलपुरमा मेयरका लागि ४० जना, उपमेयरमा २८ जना, गाउँपालिका अध्यक्षमा २४ जना, उपाध्यक्षमा १९ जना, वडाध्यक्षमा ३ सय ५७ जना, महिला सदस्यमा २ सय ६५ जना, दलित महिला सदस्यमा २ सय ३४ जना र खुला सदस्यमा ६ सय ७ जना गरी १ हजार ५ सय ७६ को उम्मेद्वारी छ । ५ वटा गाउँपालिका मात्रै रहेको मुस्ताङमा पालिका अध्यक्षका लागि ८ जना, उपाध्यक्षका लागि ९ जना, वडाध्यक्षका लागि ३९ जना, महिला सदस्यमा ३७ जना, दलित महिला सदस्यमा २९ जना, खुला सदस्यमा ७४ जना सहित १ सय ९६ मात्रै उम्मेद्वार छन् ।

१ नगरपालिका र ५ गाउँपालिका भएको म्याग्दीमा एउटा नगरपालिका रहेकोमा ८ जना नगरप्रमुख, ७ जना उपप्रमुख, २४ जना गाउँपालिका अध्यक्ष र २१ जना उपाध्यक्षको लागि उम्मेद्वार बनेका छन् । वडाध्यक्षमा १ सय ६० जना, महिला सदस्यमा १ सय २९ जना, दलित महिला सदस्यमा १ सय ३० जना, खुला सदस्यमा २ सय ८० जना गरी ७ सय ५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

४ नगरपालिका र ६ गाउँपालिका सहित १० पालिका रहेको बागलुङमा नगरप्रमुखका लागि ३१ जना, उपप्रमुखमा १९ जना, गाउँपालिका अध्यक्षमा २५ जना, उपाध्यक्षमा २३ जना, वडाध्यक्षमा २ सय ७९ जना, महिला सदस्यमा २ सय ३ जना, दलित महिला सदस्यमा १ सय ८९ जना, खुला सदस्यमा ४ सय ३९ जना गरी १ हजार २ सय ८ जना उम्मेद्वार छन् । २ नगरपालिका र ५ गाउँपालिका भएको पर्वतमा मेयर बन्न १८ जना, उपमेयरमा १२ जना, पालिका अध्यक्षमा २९ जना, उपाध्यक्षमा १६ जना, वडाध्यक्षमा २ सय १४ जना, महिला सदस्यमा १ सय ५३ जना, दलित महिला सदस्यमा १ सय ४७ जना र खुला सदस्यमा ३ सय ६८ गरी ९ सय ५७ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width