कांग्रेस तनहुँका निवर्तमान सचिवसहित राजीनामा, किन चुलियाे असन्तुष्टि ?

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७९
tanahu

तनहुँ ।  नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँका निवर्तमान सचिव विश्व बाँस्तोलासहित पाँच जनाले मङ्गलबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीबाट रुष्ट भएकाले पत्रकार सम्मेलनपश्चात पार्टी सभापति जीतप्रकाश आलेसमक्ष उनीहरूले राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा कांग्रेस निवर्तमान सचिव बाँस्तोलाले पार्टीभन्दा पनि नेताको प्रवृत्तिले कार्यकर्ताहरू रुष्ट बनेपछि राजीनामा दिएको बताउनुभयो । दुई कार्यकाल सचिवको भूमिका निर्वाह गरिसक्नुभएका बाँस्तोलाले पार्टीभित्र दास प्रवृत्ति मौलाउँदै गएपछि पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिनुभएको हो ।

“पार्टीभित्र देखिएका कमीकमजोरी औँल्याउँदा उल्टै दुश्मनको व्यवहार सहनुपरेकाले राजीनामा दिने योजना बनाएका हौँ”, उहाँले भन्नुभयो, “पुनः पार्टीमा फर्किने भन्ने योजना भने रहेको छैन ।” पार्टीभित्र गुट उपगुट मौलाउँदै गएको अवस्थामा त्यसलाई चिर्दै अघि बढ्नुपर्छ भनेर सक्रिय भूमिका खेल्दै आए पनि पार्टीभित्र त्यो सह्य नभएको उहाँले बताउनुभयो ।

कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराईले पार्टीलाई कमजोर बनाउँदै गएकाले टुलुटुलु हेरेर बस्नुभन्दा स्वतन्त्र जीवन बिताउन चाहेकाले राजीनामा दिएको बताउनुभयो । उहाँले शुक्लागण्डकी नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेद्वारी दिएको पनि सो अवसरमा बताउनुभयो ।

कांग्रेस व्यासनगर समितिका निवर्तमान सचिव चूडामणि दाहालले बिपीको सिद्धान्तअनुरूप पार्टी नचलेको र आफ्ना केही आसेपासेलाई मात्रै काखी च्याप्ने प्रवृत्ति बढेकाले स्वतन्त्र भएर बस्ने इच्छाअनुरूप राजीनामा दिइएको बताउनुभयो । व्यास नगरपालिका–३ का पूर्ववडासभापति बाबुराम बगालेले आफूले पार्टीबाट राजीनामा नदिए पनि रुष्ट रहेको बताउनुभयो । पार्टीभित्र धेरै पटक सुझाव राखे पनि बेवास्ता गरिएकाले असन्तुष्ट भएको उहाँले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाका नगरसचिव दीपेन्द्र पौडेलले पार्टीमा कुसंस्कारबाट घुसेकोले सहन नसकी स्वतन्त्र उम्मेदवारका रूपमा शुक्ला–१ बाट उम्मेदवारी दिएको बताउनुभयो । सो अवसरमा दीर्घबहादुर थापाले पनि राजीनामा दिएर व्यासनगर–२ बाट वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरिसक्नुभएको छ । रासस

Related News

सम्बन्धित समाचार

  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८१
    पोखरा । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पोखरामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न आफ्नोतर्फबाट पूर्ण…
  • नेपाललाई चीनको ९ अर्ब अनुदान

    रासस मंसिर १८, २०८१
    बेइजिङ । चीन सरकारले नेपाललाई ५ सय मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।…
  • कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको सोमबार राति सम्पन्न मतगणनामा…

hero news full width