मनाङ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मनोनयन पनि दर्ता भइसकेको छ । संविधानले दिएको महिलाको अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका छन् भने कतिपय स्थानमा महिला उम्मेदवार पाउनै मुस्किल छ । मनाङमा जिल्लामा यस्तै भएको छ । जिल्लामा महिलाका लागि नै तोकिएको सङ्ख्या पूर्तिसमेत हुनसकेको छैन । जिल्लामा सबैभन्दा बढी मतदाता महिला नै भए पनि उम्मेदवार बन्न भने चाहने महिला भने देखिएका छैनन् । मनोनयन दर्ताको समय सकिएको छ तर पनि महिलाकै लागि तोकिएको गाउँपालिका र वडामा आवश्यक सङ्ख्या पु¥याउनै मुस्किल भएको छ ।
हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाका पाँच वडामा निर्वाचनका लागि दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । दलित महिला सदस्यका लागि वडामा उम्मेदवारी मनोनयन नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त गाउँपालिकाका पाँच वडामा दलितसहित दश महिला सदस्यको कोटा सुनिश्चित छ तर गाउँपालिकामा चार जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी पुष्पराज आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार दलित महिलाको उम्मेदवारी नै दर्ता भएको छैन भने महिला सदस्यमा चार जनाको उम्मेदवारी परेको छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा ५६ महिला सदस्यको सिट सुनिश्चित गरिएको छ । नार्पाभूमिमा दश सदस्य आवश्यक भएकामा सो सदस्य सङ्ख्या पूर्ति भएको छैन भने अन्य पालिकामा पनि महिला उम्मेदवार पाउनै मुस्किल हुँदा कुनै पनि राजनीतिक दलले उम्मेदवार तयार गर्न सकेका छैनन् ।
ङिस्याङ गाउँपालिकाका विभिन्न वडामा १८ महिला सदस्यको सिट सुनिश्चित छ । यहाँ दलित महिला सदस्यसहित कूल १६ महिला सदस्यको उम्मेदवारी दर्ता भएकोे कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महिला सदस्यमा नौ र दलित महिला सदस्यमा सात जनाको उम्मेदवारी दर्ता भएको छ । उक्त गाउँपालिकामा पनि महिलाका लागि सुनिश्चित सिट पूर्ण भएको छैन ।
त्यस्तै सदरमुकाम चामे गाउँपालिकामा पनि सुनिश्चित सिटमा महिलाको उम्मेदवारी परेको छैन । चामेका विभिन्न वडामा गरी १८ महिलाका लागि सिट सुनिश्चित भए पनि सदस्यमा सात र दलित महिला सदस्यमा सात जनाको मात्रै उम्मेदवारी दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
नासों गाउँपालिकामा भने केही महिला सदस्यबीच प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता भएको छ । नासोंका विभिन्न वडामा महिलाका लागि १८ सिट रहेकामा १४ महिला सदस्य र आठ दलित महिला सदस्यको उम्मेदवारी दर्ता भएकोे छ ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलगायत दलले दल दर्ता गराएका छन् । जिल्लाका केही स्थानको चुनावमा कांग्रेस र एमालेबीच नै गठबन्धन भएको जस्तो देखिएको छ । भागबन्डा लगाएर कांग्रेसले वडाध्यक्षको उम्मेदवारी दिएको स्थानमा एमालका तर्फबाट उम्मेदवारी परेको छैन भने एमालेले उम्मेदवारी दर्ता गराएको स्थानमा कांग्रेसले उम्मेदवार तयार गरेको छैन ।
चामे गाउँपालिका–३ मा एकीकृत समाजवादी पार्टीको महिला सदस्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाँ सर्वसम्मत भएको सार्वजनिक गर्न बाँकी छ । मनाङमा महिला नेतृत्व वृद्धिका लागि न ठूला राजनीतिक दलले ध्यान दिनसके नत साना दलले नै । सबै राजनीतिक दलले महिलाको सहभागितालाई प्राथमिकता दिनुपर्ने घोषणापत्रमा उल्लेख गरे पनि जिल्लामा भने यो स्थिति लागू भएको देखिदैन ।
महिलाको नेतृत्व कम रहेको यस जिल्लामा पहिलो पटक एक गाउँपालिकाको अध्यक्षमा भने एक महिला चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । ङिस्याङ गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट ओङमा घले गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको हो । लामो समयदेखि सामाजिक सेवा र पार्टीमा आवद्ध हुँदै आउनुभएकी गुरुङ गत चुनावमा पनि प्रतिस्पर्धामा उत्रिनु भएको थियो । ओङमा एमालेका प्रतिद्वन्द्वी कान्छा घलेसँग उहाँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१