पोखरा । पोखराको सुनसान सहिदचोक क्षेत्र सोमबार दिउँसो मध्यान्हपछि एकाएक गर्मायो । एकपछि अर्को ब्यानर, झण्डा, पर्चा, बाजागाजासहित नाराबाजीले मानिसको मनस्थिति छिनछिनमा परिवर्तन गर्दथ्यो । फूलमालाले छप्पकै सजिएका उम्मेदवार अघि लगाएर कार्यकर्ताले तामझामका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्थे । यसखालको मानिसको हुल कतिबेला रत्नचोकदेखि आउँथ्यो भने कतिबेला मुस्ताङचोकदेखि ।
५ वर्षपछि घुमिफिरी नेपालीको घरदैलो छिरेको स्थानीय तह निर्वाचनको मनोनयनको दोस्रो दिन देशका अन्य पालिकामा झैं सबैभन्दा ठूलो महानगर पोखरामा पनि चुनावी झल्को दिने यसखालको दृश्य देखिनु स्वभाविकै थियो । आगामी ३० वैशाखमा हुने मतदानको लागि निर्वाचन आयोगले २ दिनसम्म उम्मेदवारी दर्ताको समय दिएको थियो । पहिलो दिन पोखराको मेयरमा ११ जनासहितको उम्मेदवारी परेकोमा दोस्रो दिन पनि उत्तिकै संख्यामा मनोनयन परेको छ ।
अघिल्लो दिन साना तथा स्वतन्त्रसहितका उम्मेदवारले उम्मेदवारी दिएकोमा सोमबार नेकपा एमाले, कांग्रेससहितको गठबन्धन, राप्रपालगायत साना एवं स्वतन्त्रले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमा मनोनयन दिएका हुन् ।
पञ्चेबाजासहित सुरू राजनीतिक दलहरुको दलबल नाराजुलुसका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । दलबलसहित पुगेका उम्मेदवार बाजागाजा प्रवेशद्वारमै छाडेर उम्मेदवारी दिन कार्यालय छिरेका थिए ।
दिउँसो करिब २ बजेतिर राप्रपाका उम्मदवार मनोनयनका लागि पञ्चेबाजासहित देखा परे । कार्यकर्ताले घेरिएका थिए मेयर उम्मेदवार शंकर खराल र उपमेयरका उम्मेदवार रञ्जना सेन पौडेल (रञ्जु) । राप्रपा कार्यकर्ताले भने गणतन्त्रविरुद्ध नै चर्का नाराबाजी लगाएका थिए । ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आउ, देश बचाउ’ लगायतका नाराबाजी गर्दै उनीहरुले हिन्दु राष्ट्र नेपाल कायम गर्न राप्रपाको जीत आवश्यक रहेको बताएका थिए ।
त्यसको केही समयपछि अर्को ठूलो दल नेकपा एमाले देखा पर्यो । पार्टी कार्यालयबाट र्यालीसहित मेयर र उपमेयरलाई अघि लगाएर सिर्जनाचोक, रत्नचोकहुँदै एमालेबाट पोखराको मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर मञ्जुदेवी गुरुङ सँगसँगै देखा परे ।
एमालेपछि सत्तासीन गठबन्धनबाट मेयर उम्मेदवार धनराज आचार्य माओवादी केन्द्र र कांग्रेसका नेता दायाँबायाँ राखेर मनोनयनका लागि अघि बढे । सँगसँगै कांग्रेसकी कोपिला रानाभाट थिइन् । अन्तिम समयमा उपमेयरको टिकट टुंगाएको कांग्रेसले उनको समर्थनमा नाराबाजी गरेको थियो ।
साँझ ५ बजेसम्म मनोनयनको समयसीमा रहेकोमा कार्यालयभित्र प्रवेश गरेकाले रातिसम्मै मनोनयन गरेका थिए । कार्यालयले उम्मेदवार, प्रस्तावक र समर्थनको विभिन्न कागजातसहित आयोगको मतदाता नामावलीअनुसार फोटोसहितको विवरण अनिवार्य गरेकोमा केहीले छुटाएपछि उम्मेदवार घण्टौंसम्म मनोनयनको पालो कुर्न बाध्य थिए ।
केन्द्रको गठबन्धनसहित अघि बढेको भनिए पनि पोखरामा कांगे्रेसभित्रै असन्तुष्टी झल्कियो । मेयरका लागि वागी उम्मेदवार एकपछि अर्को देखिए । कांग्रेसका नेता नन्दप्रसाद तिवारी, ऋषि सापकोटाले वागी उम्मेदवारी दिए । यसअघि आइतबार कांग्रेसकै विमलबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेमा पनि दीपक पौडेलको नाम टुंगाएको सचिवालयले मनोनयनको अघिल्लो रातमात्रै पूर्व मेयरको अनुभव हासिल गरेका प्रदेश सांसद कृष्ण थापालाई टिकट दिएपछि केही कार्यकर्तामा भने प्रष्टैसँगै असन्तुष्टी झल्किन्थ्यो ।
यसबाहेक साना दल तथा स्वतन्त्र उम्मेदवारले शुभचिन्तकको साथमा मनोनयनका लागि आएका थिए । तीमध्ये केहीले भजनकीर्तन गर्नुका साथै पञ्चेबाजाको तालमा नाचेर रमाइलो गरे । केही कार्यकर्ता सेल्फी खिच्न र टिकटक बनाउनै व्यस्त रहेको पाइयो । निर्वाचन आचारसंहिताको अनुगमन गर्न आएका इन्सेक गण्डकी संयोजक शिव खकुरेलले अधिकांश दलले आचारसंहिता उल्लंघन गरेको टिप्पणी गरे ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१