पोखरा । कास्कीका ४ वटै गाउँपालिकामा आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको छ । प्रमुख राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारले समेत उम्मेदवारी दिएका छन् । प्रमुख दलबाट अन्नपूर्ण गाउँपालिका अध्यक्षमा कांग्रेसका युवराज कुँवर र एमालेका विष्णु केसी उम्मेदवार बनेका छन् । यस्तै, उपाध्यक्षमा कांग्रेसकी खेमकुमारी गुरुङ र एमालेकी चन्द्रा अधिकारी उम्मेदवार भएका छन् ।
माछापुच्छ्रेमा एमालेबाट अध्यक्षमा विक्रम गुरुङ र कांग्रेसबाट मीनबहादुर गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा एमालेकी सीता तिवारी र कांग्रेसबाट सीता अधिकारीले मनोनयन दर्ता गराए । मादीको अध्यक्षमा एमालेबाट महेन्द्र गुरुङ र कांग्रेसबाट देवीजंग गुरुङ तथा उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ र गठबन्धनबाट माओवादी उम्मेदवार लालबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिए ।
रुपामा एमालेबाट नवराज ओझा अध्यक्षमा नाम दर्ता गराएका छन् भने कांग्रेसबाट गीमाया गुरुङले मनोनयन दिइन् । उपाध्यक्षमा एमालेकी लालसुब्बा गुरुङ र कांग्रेसका नारायण श्रेष्ठले उम्मेदवारी दिए । माओवादीले ४ वटै पालिकामा उपाध्यक्ष मात्रै उठाएको छ । माओवादीबाट अन्नपूर्णमा धर्म तमु, रुपामा नवराज बराल र माछापुच्छ्रेमा प्रवीणा अधिकारीले उम्मेदवारी दिए ।
अझै गठबन्धन हुने र भागबण्डा मिलाउन उपाध्यक्षमा मात्रै उम्मेदवारी परेको बताइएको छ । निर्वाचन अधिकृतको कार्यालय व्यवस्थित नहुँदा उम्मेदवारले राति अबेरसम्म मनोनयन गरिरहेका छन् ।
यसैबीच, रुपा गाउँपालिका अध्यक्षमा पाटीले टिकट दिएर पनि स्थानीय नेता आनन्द सुवेदी चुनाव लड्नबाट वञ्चित भएका छन् । पार्टीले उनलाई टिकट दिए पनि गाउँपालिकाका कार्यकर्ता विरोधमा उत्रिएपछि अन्तिम समयमा उनको टिकट खोसिएको हो ।
पार्टी नेतृत्वले गाउँपालिकाको अध्यक्षमा टिकट दिएपछि उमेदवारी दर्ता गर्न गएका सुवेदीलाई कांग्रेसकै कार्यकर्ताले बाटो छेकेका थिए । सोमबार दिनभर नाराबाजी गर्दै उनलाई मनोनयन दर्ता गर्नै नदिएपछि नेतृत्वले सुवेदीको टिकट खोसेको हो ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१