स्थानीय तह निर्वाचनमा १ लाख १८ हजारको उम्मेदवारी दर्ता

आदर्श समाज सम्वाददाता
वैशाख १३, २०७९
election comission

पोखरा । स्थानीय तहको निर्वाचनका लागि देशभर सवा लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार बेलुकी पाँच बजेसम्म उम्मेदवारीको समय रहेको भए पनि राति अबेरसम्म लाइनमा रहेका उम्मेदवारको उम्मेदवारी दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ।

राति १ बजेसम्म १ लाख १८ हजार बढीको उम्मेदवारी परेको आयोगले जनाएको छ। ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारीका लागि आइतबार र सोमबार तोकिएको थियो।

स्थानीय तह निर्वाचनका लागि सोमबार ७ सय ५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका आयोगको भनाइ छ।

उम्मेदवारहरूले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका थिए। महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

आयोगका अनुसार गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग