पाेखरा । यसअघि पूरै सेट सर्वसम्मत निर्वाचित भएको मनाङको नार्पाभूमि गाउँपालिकामा यसपाली उपाध्यक्ष सहित ३ वडाध्यक्ष सर्वसम्मत चयन भएका छन् । गाउँपालिका अध्यक्ष र २ वडाध्यक्षमा भने निर्वाचन हुने भएको छ । उपाध्यक्षमा एमालेबाट मिङमर फुन्चो लामा उपाध्यक्षमा निर्विरोध भएका हुन् । उनलाई एमालेले अध्यक्ष उठ्न टिकट दिएपनि उपाध्यक्षमा उठेका हुन् । लामा यसअघि वडा नम्बर २ को वडाध्यक्ष थिए । यस्तै, ३ वडामा अध्यक्ष समेत सर्वसम्मत भएका छन् । वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भएका हुन् । तीनैजना कांग्रेसबाट निर्वाचित भएका हुन् ।
अध्यक्ष सहित २ वडामा निर्वाचन हुने भएको छ । अध्यक्षमा ३ जनाको उम्मेद्वारी परेको बताईएको छ । पालिका अध्यक्षमा हालका उपाध्यक्ष कोन्जो तेन्जिङ लामा, कृष्णबहादुर लामा र मिङमर सोनाम लामाले उम्मेद्वारी दिएका छन् । कृष्णबहादुर कांग्रेसबाटै बागी उठेका हुन् भने मिङमर एमाले समर्थित हुन् ।
मनाङकै नासों गाउँपालिकामा ३ जना वडाध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् । वडा नम्बर ५, ६ र ७ मा कांग्रेसका उम्मेद्वार सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । ५ नम्बर वडामा थुतेन लामा, ६ नम्बरमा पुस्प बहादुर गुरुङ र ७ नम्बर वडामा ओमबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । मनाङ ङिस्याङ गाउँपालिका ९ मा माओवादी केन्द्रका उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यहाँ कुनै पनि पार्टीको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित बनेका हुन् ।
यस्तै, मुस्ताङका २ स्थानीय तहबाट ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ३ जना र घरपझोङ गाउँपाकिलाका ३ वडामा निर्विरोध अध्यक्ष चुनिएका हुन् । दामोदरकुण्ड गाउँपाकिलाको १ नम्बर वडामा टसी ढिण्डु ठकुरी, २ नम्बर वडामा झ्याब्याङ तेन्जिङ गुरुङ र वडा नम्बर ३ बाट झ्याब्याङ छोसाङ गुरुङ निर्विरोध भए । तीनैजना एमालेका उम्मेद्वार हुन् । लो घेकर गाउँपालिकाको ४ वटा वडामा दलित महिला सदस्यमा भने कसैले उम्मेद्वारी दिएका छैनन् ।
यता, घरपझोङ गाउँपालिकाको वडा १ र २ मा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् भने वडा ५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएका हुन् । यि वडाहरुमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीच आन्तरिक तालमेल भएको थियो । वडा नम्बर १ मा आसबहादुर थकाली, २ मा मानबहादुर हिराचन र ५ मा प्रदीप थकाली निर्विरोध चुनिएका हुन् । लोमान्थाङ गाउँपालिकाका ४ वडामा दलित महिला सदस्यको उम्मेद्वार छैनन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१