पोखरा । नेपाली कांग्रेसले आफ्नो भागमा परेका महानगरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी मनोनयनको अन्तिम दिन आज उम्मेदवार छानेका हुन्।
काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो।
हिजो बसेको कांग्रेस संसदीय समितिको बैठकले उम्मेदवार छान्ने जिम्मा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको थियो। सभापति देउवाले नेताहरूसँगको परामर्शमा आज उम्मेदवारको टुंगो लगाएका हुन्।
काठमाडौंमा सिर्जना सिंहका लागि लगभग सहमति भइसकेको भए पनि विराटनगरमा विवाद थियो। अन्ततः सभापति देउवाले शेखर कोइरालाले जोडबल गरेका नागेश कोइरालालाई टिकट दिएका छन्। देउवाको चाहना अमृत अर्याल वा डिला संग्रौलालाई टिकट दिने थियो।
यता ललितपुरमा चिरिबाबु महर्जनले पुनः अवसर पाएका छन्। ललितपुर र विराटनगरमा ०७४ को चुनावमा कांग्रेसले एक्लै चुनाव जितेको थियो।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१