पोखरा, १२ वैशाख । एमाले पार्टी सचिवालयले बैठकले पोखराको मेयरमा अघिल्लो दिन दीपक पौडेलको नाम टुंगाएकोमा उनी सुनचोरीको काण्डमा विवादित बनेपछि कृष्ण थापाको भाग्य खुलेको छ । प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लड्दै गरेका कृष्ण थापा आखिर को हुन् त ?
२०१६ साल चैत १६ मा पोखराको बाटुलेचौरमा जन्मिएका थाप २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर थिए । बुवा खिमबहादुर थापा र आमा सुकमाया गुरुङ थापाका सुपुत्र कृष्णका श्रीमती डिकी छिरिङ र छोरा प्रतीक छन् । उनले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए गरेका छन् । एमाले कास्कीका पूर्व अध्यक्ष उनी प्रदेशसभा चुनावमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित भएका थिए ।
२०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापाले आफ्नो पूरै जीवन राजनीतिमै बिताएका छन् । २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए । २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । २०३९ देखि १ वर्ष चिकित्सा शास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव बने ।
२०४० सालमा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका उनी ०४१ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुमा सदस्य निर्वाचित भएका थिए । २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले) बाट कम्युनिस्ट पार्टीको सदस्यता लिए । सोही वर्ष अनेरास्ववियु कास्कीको छैटौं जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए ।
२०४३ सालमा जनपक्षीय चुनाव परिचालन कमिटी संयोजक उनै थापा तत्कालीन पञ्चायत राजकाज मुद्दामा २०४३ देखि ०४६ सम्म जेलजीवनको अनुभव सँगाले ।
यस्तै, जनआन्दोलन २०४६ मा वाममोर्चा गण्डकीको सदस्य भए । २०४६ सालदेखि २ वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने । २०४९ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए । त्यसको २ वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए ।
२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० मा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए । २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य बनेका उनी २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य बने ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
hero news full width
मुख्य समाचार
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१