यी हुन् स्याङ्जाका नगरपालिकामा कांग्रेसबाट मेयर उपमेयरका दाबेदार

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
syangja mayor

पोखरा । स्याङ्जाका नगरपालिकामा नेपाली कांग्रेसले उम्मेदवार चयन गरेको छ । जस अनुसार पुतली बजारको मेयरमा तुलसी रेग्मीले टिकट पाएका छन् भने उपमेयरमा देवी अर्यालले उम्मेदवारी दिने भएकी छन् । पुतलीबजारमा गत चुनावमा एमालेले जितेकाे थियाे ।

वालिङमा वर्तमान मेयर दिलीपप्रताप खाँण र उपमेयरमा कविता तिवारीको निधो भएको छ । वालिङ यसअघि पनि कांग्रेसले जितेकाे हाे ।

भीरकोटमा गोविन्द कर्माचार्य र भगवती अर्याल, चापाकोट मेयरमा देवबहादुर खाँण(ईश्वर), उपमेयरमा इशा राना मगर, गल्याङमा गुरु भट्टराईले टिकट पाएका छन् । नगरपालिका मध्ये गल्याङमा मात्र उपमेयर माओवादीले पाउने गरी गठबन्धन भएको छ । यसअघिकाे चुनावमा चापाकाेटमा कांग्रेस  र गल्याङमा एमालेले जितेकाेहाे । भीरकाेटमा गएकाे चुनावमा कांग्रेसले नै जितेकाे हाे ।

यसैगरी नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम गर्नेगरी ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ । शनिबार साँझ बसेको बैठकले गाउँपालिकाको टुंगो लगाएको हो ।

अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएका छन् । अन्य ५ वटा पालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र अन्य केही पदहरु दिनेगरी उम्मेदवार चयन गरेको पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए ।

उनका अनुसार अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
यसैगरी फेदीखोलामा लक्ष्मीप्रसाद बराल, आँधीखोला गाउँपालिकामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, विरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो ।

उपाध्यक्षसहित तोकिएका संख्यामा केही अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर पठाउने भएका छन् । नेकपा एमालेको पकड क्षेत्र मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्याग गरी केही साताअघि कांग्रेसमा प्रवेश गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width