हेमजा । भाषा, साहित्य र अनुसन्धान कार्यमा संलग्न विष्णुप्रसाद शर्माको आठौं कृति प्रतिबिम्बन कथासंग्रह लोकार्पण गरिएको छ ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारी, तारा पाखे र संस्थाका अध्यक्ष योगराज पौडेलले उक्त कृतिको संयुक्त लोकार्पण गरेका हुन् । उक्त अवसरमा अधिकारीले निरन्तरको साधनाबाट मात्र सफल सिर्जना सम्भव हुने औँल्याए । कृतिमा १० कथा छन् ।
सो अवसरमा शर्माद्वारा लिखित उत्तरवर्ती साहित्य सिद्धान्तः प्रवृत्ति र प्रयोग तथा नेपाली भाषा शिक्षणका प्रायोगिक पक्ष गरी २ अनुसन्धानमूलक कृतिको पनि समीक्षा गरियो । जसमा क्रमशः १२ र १८ अध्याय छन् ।
कथासंग्रहको समीक्षा डा. भूमिराज बस्ताकोटी र अन्य २ कृतिको समीक्षा डा. यमनाथ तिमिल्सिना र उपप्रा.सुलोचना खनालले गरेका हुन् ।
कार्यक्रमबीच प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दवासिनी क्याम्पसका सभापति भानुभक्त आचार्य, पृथ्वीनारायण क्याम्पसका सभापति देवीलाल शर्मा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. वीरबहादुर कार्की तथा पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका सभापति डा.लक्ष्मीशरण अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
लेखक शर्माले कृति प्रकाशन हुनुमा २०५५ देखिको निरन्तर प्रयास महत्वपूर्ण भएको स्मरण गरे।निरन्तर साधनाबाट मात्र यो कार्य सम्भव भएको उनको ठहर छ ।
यस पूर्व शर्माका अलिमियाँका लोकगीतको अध्ययन र विश्लेषण (२०६५), भाषा विज्ञानका केही सन्दर्भ (२०६९), प्रायोगिक भाषा विज्ञानका प्रमुख आयाम (२०६९), नेपाली भाषा शिक्षण (२०७४), उत्तरवर्ती साहित्य सिद्धान्तः प्रवृत्ति र प्रयोग, नेपाली भाषा शिक्षणका प्रायोगिक पक्ष (२०७८) र प्रायोगिक भाषाविज्ञान (२०७९) गरी ७ कृति प्रकाशन भइसकेका छन् । संस्थाका अध्यक्ष योगराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हिममाया पौडेलले स्वागत तथा सहसचिव गणेश चालिसेले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार
कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९घर फर्किए म्यादी प्रहरी
जेठ ६, २०७९