नयाँ वर्षको शुभकामना तथा बधाई

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७९
Rambazar Phs (2)

पोखरा । श्रीकृष्ण मन्दिर संचालक समिति, श्रीकृष्ण मन्दिर आमा समूह र भ्याली स्पोर्ट्स क्लब रामबजारको संयुक्त आयोजनामा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भएको छ ।

सो अवसरमा एन्फा कास्कीको अध्यक्षमा निर्वाचित उज्जल रञ्जित र सदस्यमा निर्वाचित विकास गुरुङलाई बधाई ज्ञापन गरियो ।

रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहाकार तथा रामबजारका तारा महेश गुरुङले नवनिर्वाचितलाई बधाई दिंदै एन्फा कास्कीमार्फत फुटबल खेल विकासमा अझ अघि बढ्न सुझाव दिए ।

भ्याली स्पोर्ट्स क्लबको फुटबल विकासका लागि रामबजार सोसाइटी युकेका संस्थापक अध्यक्ष रामबहादुर गुरुङले १० हजार ५, सोसाइटी युकेका पूर्व अध्यक्ष रूपक गुरुङबाट १० हजार ५० र रामबजार सोसाइटी युकेका प्रमुख सल्लाहकार महेशगुरुङबाट ५ हजार सहयोग हस्तान्तरण गरियो ।

श्रीकृष्ण मन्दिर संचालक समिति अध्यक्ष ज्ञानबहादुर थापा, रामबजार सोसाइटीका सस्थापक अध्यक्ष रामबहादुर गुरुङ, सोसाइटीका पूर्व अध्यक्ष रूपक गुरुङ, सम्मानित व्यक्तित्व उज्ज्वल रञ्जित लगायतले बोलेका थिए ।

भ्याली स्पोर्ट्स क्लब रामबजारका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण मन्दिर आमा समूहका अध्यक्ष कमला गुरुङले स्वागत र भ्याली स्पोर्ट्स क्लबका सचिव प्रितम गुरूङले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width