पुतलीबजारको मेयरमा कांग्रेसबाट तुलसी रेग्मी र उपमेयरमा देवी अर्याल

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
tulasi regmi devi aryal

पोखरा । स्याङ्जाको पुतलीबजार नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका तुलसीराम रेग्मी र देवी अर्यालले टिकट पाउने भएका छन् । कांग्रेसको प्रदेश समितिको संसदीय बोर्डले पुतलीबजारमा उनीहरुलाई टिकट दिने निधो भएको बैठकमा सहभागी एक सदस्यले बताए ।
उनीहरु दुवैजना गएको स्थानीय तहको उपविजेता हुन् । गत चुनावमा मेयर उपमेयर सहित बहुमत वडामा एमालेले जितेको थियो । एमालेले मेयरमा वर्तमान मेयर सीमाकुमारी क्षेत्रीलाई नै उठाउनेभएको छ ।

नेपाली कांग्रेस स्याङ्जाले नगर प्रमुखका आकांक्षीहरु श्रीप्रसाद जिटी, कुमार राना, तुलसीराम रेग्मी, तुलसी गिरी, अनुप श्रेष्ठ, भरत लम्साल, सुरजकुमार अधिकारी, हिरादेवी शर्मा, रामचन्द्र रेग्मी, पवन नेपाल, किरणबन्धु अर्याल, वेदप्रसाद दोरंगा, इन्द्रबहादुर गोदार, विक्रान्तकुमार श्रेष्ठ, कृष्णप्रसाद अर्याल, नवराज सुवेदी, केशवराज लम्साल, ख्यामबहादुर गुरुङ, शाह मोहम्मद, पदमबन्धु पोखरेल, मित्रबन्धु पोखरेल, धनकुमारी थापाको नाम प्रदेशमा पठाएको थियो ।

यसैगरी उपप्रमुखमा देवी अर्याल, तारा मल्ल, कौशिला पौडेल (क्षेत्री), बिदुषा बस्नेत, दिलमाया पौडेल (सन्तोषी) र गीता आचार्यको नाम सिफारिस भएको थियो । पुतलीबजारमा नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन् ।

यसैगरी नेपाली कांग्रेस स्याङ्जाले गठबन्धन कायम गर्नेगरी ६ गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहितका उम्मेदवार टुंग्याएको छ। शनिबार साँझ बसेको बैठकले गाउँपालिकाको टुंगो लगाएको हो ।

अर्जुनचौपारीमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार बनाइएका छन् । अन्य ५ वटा पालिकामा भने गठबन्धन भित्रका उम्मेदवारलाई उपाध्यक्ष र अन्य केही पदहरु दिनेगरी उम्मेदवार चयन गरेको पार्टी प्रवक्ता भरत लम्सालले जानकारी दिए ।
उनका अनुसार अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

यसैगरी फेदीखोलामा लक्ष्मीप्रसाद बराल, आँधीखोला गाउँपालिकामा प्रेमराज पौडेल, हरिनासमा टोपबहादुर भुजेल, विरुवामा डोलराज पोखरेल र कालीगण्डकीमा माया रानालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो ।

उपाध्यक्षसहित तोकिएका संख्यामा केही अध्यक्ष र सहस्यहरुमा गठबन्धनले निर्णय गरेर पठाउने भएका छन् । नेकपा एमालेको गढ मानिएको फेदिखोलाका बराल नेकपा एमाले परित्याग गरी केही साताअघि कांग्रेसमा प्रवेश गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width