पोखरा, ११ वैशाख । स्थानीय तहको निर्वाचनको लागि मनोनयन सुरु भइसक्दा कास्कीमा भने गठबन्धन टुटेको छ ।
नेपाली कांग्रेस कास्कीले आइतबार निर्णय गरेरै जिल्लामा गठबन्धन नगरेर तर मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएको हो । तर पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरमा भने केन्द्रकै निर्णय स्वीकारिएको छ ।
सो निर्णयसँगै पार्टी कार्यालय कास्कीमा लगाइएको ताला ५ घण्टापछि खुलेको छ । केन्द्रको निर्णय एकपक्षीय भएको भन्दै कास्कीका कार्यकर्ताले आइतबार दिउँसोदेखि जिल्लास्तरका नेतालाई चिप्लेढुंगास्थित पार्टी कार्यालयमा नै थुनेका थिए ।
अबको निर्णयअनुसार कास्की कांग्रेसले पोखरा महानगरपालिकाका कुल ३३ वटा वडामा तथा जिल्लाका ४ पालिकामा गठबन्धन नगर्ने तर मित्रवत् प्रतिस्पर्धा गर्नेछ ।
पोखराको मेयर नेकपा (एकीकृत समाजवादी) लाई परेको छ । तर उपमेयर पाएको काँंग्रेसले अझै नाम टुंगाउन सकेको छैन । समाजवादीबाट धनराज आचार्य सिफारिस भएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
मंसिर १९, २०८१