मञ्जु गुरुङले अस्वीकार गरिन् उपमेयरको टिकट, उम्मेदवार खोज्दै एमाले

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Manju devi gurung

पाेखरा । नेपाल कम्युनिस्ट पार्टी एमालेबाट उपमेयरमा सिफारिस मञ्जुदेवी गुरुङले केन्द्रको निर्णय आफूलाई मान्य नभएको बताएकी छन् ।

नेकपा एमाले केन्द्रीय सचिवालयको शनिबार बसेको बैठकले पोखराको उपमेयरमा फेरि गुरुङलाई नै निरन्तरता दिने निर्णय गरेको थियो । आफूले दाबी पनि नगरेको र पार्टीले सल्लाह पनि नगरी भएको निर्णय आफूले मान्न नसक्ने बताएकी हुन् ।

उनले भनिन्, ‘मलाई एक पटक पनि नसोधी उपमेयरमा उठाउने निर्णय भएछ, म मेयर, उपमेयरको दौडमा छैन ।’

पोखरा महानगरमा एमालेबाट मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षी रहँदा बहालवाला उपमेयर मञ्जुले कुनै पनि पदमा दाबेदारी पेस गरिनन् ।

मेयरमा दाबेदारी पेश गरेका दीपक पौडेललाई एमालेले पोखरोको मेयरको टिकट दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • अपहरण शैलीमा ल्याइएको रविको गुनासो

    विजय नेपाल मंसिर २३, २०८१
    पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि…
  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…

hero news full width