शुक्ला साहित्यद्वारा ३ स्रष्टालाई पुरस्कार

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Sulka Photo

पोखरा । शुक्ला साहित्य प्रतिष्ठानले शनिबार ३ जना स्रष्टालाई पुरस्कार अर्पण गरेको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ज्ञानु राणा, डा. गेहेन्द्रेमान उदास पोख्रेली र रामप्रसाद पौडेललाई पुरस्कृत गरिएको हो ।

उनीहरुलाई कुनै प्रमुख अतिथि बिना नै साहित्यकारहरुको उपस्थितिमा पुरस्कार अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष सुमनराज पौडेलले जानकारी दिए । उनकाअनुसार प्रत्येक २ वर्षमा प्रदान गरिने २५ हजार ५ सय ५५ राशिको मदन चन्दा साहित्य तथा समाज सेवा पुरस्कार यो वर्ष ज्ञानु राणा अर्पण गरिएको छ ।

बाल साहित्य पुरस्कार डा. गेहेन्द्रेमान उदास पोख्रेलीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार ५ सय ५५ रहेको छ । यो वर्षको चेकबहादुर बरुवाल स्मृति पुरस्कारबाट रामप्रसाद पौडेल पुरस्कृत भएको अध्यक्ष पौडेलले जानकारी दिए । उक्त पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ रहेको उनले बताए ।

उनीहरुलाई नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो । प्रतिष्ठानका मानार्थ सदस्य रामबहादुर बानियाको संयोजकत्वमा डा. पुष्पा केसी भण्डारी, मदनबहादुर केसी, इन्दु भट्टराई र वरिष्ठ उपाध्यक्ष हरि बरुवाल रहेको ५ सदस्यीय पुरस्कार छनोट समितिले उनीहरुको नाम सिफारिस गरेको थियो ।

यसअघि प्रतिष्ठानले संस्कृतिविद् डा. जगमान गुरुङलाई सम्मान गरिसकेको छ । प्रतिष्ठानले साहित्यिक गतिविधिसँगै बाल साहित्यको विधालाई प्रोत्साहन दिँदै आइरहेको छ । नियमित रुपमा रचनावाचन गर्दै आएको प्रतिष्ठानले भजन चुड्कालाई पनि संरक्षण गरिरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सञ्जीवले ल्याए ‘जून ओर्लेको रात’

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । कवि सञ्जीव पौडेलको कवितासंग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ । शनिबार पोखरामा आयोजित दौंतरी कार्यक्रममा उक्त कृति…
  • ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता चैत्र ११, २०८०
    पोखरा । उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित ‘प्रिया !’ मुक्तक संग्रह लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा आयोजनामा शनिबार…
  • फेवाताल किनारमा चित्ताकर्षक ओडिसी नृत्य

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०८०
    पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै…
  • कर्मचारी युनियन कास्कीको क्यालेन्डर

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले विसं २०८१ को क्यालेन्डर निकालेको छ । शुक्रबार पोखरा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा…
  • जसुलाई रोटरी भोकेसनल एक्सिलेन्स अवार्ड

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०८०
    पोखरा । पोखराकी जसु गुरुङ १ लाख राशिको रोटरी भोकेसनल एक्सिलेन्स अवार्डबाट सम्मानित भएकी छन् । महिलालाई सामाजिक सेवामा प्रोत्साहित…

hero news full width