पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्टस् अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्टस् अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णयसहित तयारी सुरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अवार्ड कार्यक्रमलाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाइ छ । ’हामीले छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्डलाई उत्कृष्ट बनाउन तयारी सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले बताए ।
मञ्चको दोस्रो बैठकबाट आगामी जेठमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित राष्ट्रिय स्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णयसमेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । यसैगरी दोस्रो बैठकबाटै मञ्चले पूर्व अध्यक्ष विनोद लामिछानेलाई मञ्चको सल्लाहकार चयन गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
एन्फा निर्वाचनमा कास्की र गोरखा आउट
खेलकुद पत्रकार मञ्चमा देवेन्द्र दोहोरिए
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो प्रदेश सरकार
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९