कवि रीता अधिकारी ’ऋतु’ को सेल्फ पोट्रेट लोकार्पण

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
self portet

पोखरा । कवि रीता अधिकारी ’ऋतु’ को कविता संग्रह ‘सेल्फ पोट्रेट’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले कृति विमोचन गरेका हुन् ।

कवि तथा साहित्यकार ’ऋतु’ ले ३ दशक लगाएर लेखिएका आफ्ना कविताहरुको कृति प्रकाशनमा ल्याएकी हुन् । कृति विमोचनपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ५० कै दशकदेखि कविका रुपमा रीतालाई सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि ऋतु समकालीन पोखरेली कविताका एक उदयीमान र प्रतिभासम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली,हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए ।

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनुपर्ने बताए । उनले भने,‘सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन ।’ उनले साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि ऋतुलाई तुलना गरे ।

कवि रमेश श्रेष्ठले रीतालाई आफैंले आफैंलाई कोर्न सक्ने कलाकारका रुपामा देखेको बताए । प्राज्ञ हरिदेवी कोइरालाले कवि ऋतु सरल, सबै कुरा बुझ्ने आमाजस्तै लागेको सुनाइन् ।

लामो समयमा कविता आफ्नो कविता संग्रह लिएर आएकी स्रष्टा ऋतुले सबैको माया, ममता र स्नेहलाई हृदयले अनुभूत गरेका अनुभूतिहरुलाई यसपछि पनि कविता कर्ममा उतार्ने बताइन् । साहित्यकार जीवनसागर भण्डारीले स्रष्टा चिनारी राख्दै ऋतुलाई समकालीन साहित्य सिर्जना कर्ममा निरन्तर लागिरहने र अग्रजहरुको सम्मान गर्ने अध्ययनशील प्रतिभा भएको जिकीर गरे । कृति समीक्षा गर्दै कवि आख्यानकार सरस्वती प्रतीक्षाले ऋतुलाई समसामयिक विषय चेतमा कलम चलाउन र समय व्यवस्थापन गर्न जान्ने स्रष्टाका रुपमा पाएको उल्लेख गरिन् । कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, संस्थाका पूर्व अध्यक्ष जीवनसागर भण्डारी, दीपक समीप, रीता अधिकारी ऋतु, शिव त्रिपाठी, उपेन्द्र पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width