राप्रपा नेपाल पोखरामा गुरुङ मेयर र दवाडी उपमेयर

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
ra pra pa nepal

पोखरा । राप्रपा नेपाल कास्कीले पोखरा महानगरपालिकाको मेयर र उप–मेयर पदका उम्मेदवार सर्वसम्मत चयन गरेको छ । राप्रपा नेपाल कास्कीको शनिबार बसेको बैठकले मेयरमा गोविन्द गुरुङ र उपमेयरमा चिना दवाडीलाई चयन गरेको हो । पोखरा–१५ निवासी युवा नेता गुरुङ राष्ट्रिय युवा मोर्चा कास्की जिल्लाका अध्यक्ष हुन् । त्यस्तै पोखरा–६ निवासी युवा नेतृ दवाडी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीका जिल्ला अध्यक्ष हुन् ।

राप्रपा नेपाल कास्कीको शनिबार बसेको चुनाव केन्द्रित बैठकले उनीहरुलाई चयन गरेको राप्रपा नेपाल कास्कीका जिल्ला सचिव सूर्य बाँस्तोलाले बताए । पार्टीले जिल्लाका सबै वडामा उम्मेदवार उठाउने निर्णयसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग