पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै तयार पारिएको घोषणापत्रमा जनावरलाई समेत सुत्केरी भत्ता दिने विषय समेटिएको बताएका छन् ।
राप्रपा कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गुरुङले सुत्केरी पशुका लागि ३ महिनासम्म १ हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने योजना सुनाए । महिलाहरु सुत्केरी हुँदा ३ महिनासम्म ३ हजारका दरले सुत्केरी भत्ता दिने व्यवस्थाका अतिरिक्त जनावरलाई समेत भत्ता दिने योजना आफ्नो दलको रहेको उनले स्पष्ट पारे ।
उनले भष्टाचारको अन्त्य राप्रपाको मूल एजेन्डा रहेको सुनाए । अरु ठूला दल भन्नेको विचार, सिद्धान्त, नीति, नाम र साइन बोर्ड फरक तर उद्देश्य एउटै रहेको भन्दै उनले जनतालाई रनभुलमा पार्ने र देश लुट्ने उनीहरुको मूल नीति रहेको आरोप लगाए । यसअघिका चुनावमा कस्ता दल र नेतालाई भोट दिइयो त्यो विश्लेषण गर्दै जनताले यो पटक राम्रो दल छान्न सक्नुपर्ने उनले तर्क गरे ।
संघीयताको खारेजी र राजतन्त्रको पुनःस्थापना नै राप्रपाको नीति रहेको पनि उनले सुनाए । विदेशी हस्तक्षेपको अन्त्य, सीपमूलक तालिम र सोसँग सम्बन्धित उद्यमका लागि ऋण प्रदान जस्ता नीतिलाई पनि सो दलले समेट्ने उनले बताए । दलको घोषणापत्रमा वृद्धभत्ता घरघरमा नै पुर्याउने, वृद्धहरुको स्वास्थ्य जाँच गर्न चिकित्सकलाई महिनाको १ पटक उनीहरुको घरमा पठाउने र १२ कक्षासम्म निशुल्क अध्ययनको व्यवस्था मिलाउने लगायत विषयलाई समेत दलले घोषणापत्रमा समेटेको उनले जानकारी दिए ।
राप्रपा कास्कीका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष नारायण गुरुङले एकताबद्ध भएर आगामी चुनावमा होमिन दलका नेता तथा कार्यकर्तालाई आह्वान गरे । कार्यक्रममा राप्रपा कास्कीका नेता विष्णु पोखरेल, केन्द्रीय नेता डा. महेन्द्रबहादुर कार्की, राप्रपाबाट पोखरा महानगरमा मेयर पदका प्रत्यासी शंकर खराल, उपमेयरकी प्रत्यासी रञ्जना सेन पौडेल, राप्रपा कार्यकर्ताहरु भेषराज कोइराला र लीलामोहन कुइँकेल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन जिल्ला सचिव नारायणहरि तिवारीले गरेका थिए भने । राप्रपाले पोखराको विन्ध्यवासिनी मन्दिरबाट आइतबार स्थानीय तहका लागि उम्मेदवारको घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।
Related News
सम्बन्धित समाचार
एक्याप र एमक्यापमा नागरिकको स्वामित्व रहने गरी ऐन संशोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मौद्रिक नीतिमा पोखरेली व्यवसायीको मिश्रित प्रतिक्रिया
३४ पालिकामा फलफूलको विशेष परियोजना
बारा २ मा २२ जनाको उम्मेदवारी दर्ता
राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१