पिताको स्मृतिमा ज्ञान महायज्ञ

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
mahayagya fof fathers

पोखरा । पोखरा–१७, बिरौटास्थित राम मन्दिरको सभाकक्षमा दुई दिवसीय श्रीमद्भागवत् ज्ञान महायज्ञको आयोजना गरिएको छ ।

पिताद्वय यज्ञप्रसाद बराल र सावित्रीमोहन भट्टराईको स्मृतिमा पोखरा–१७ बिरौटा निवासी यदुप्रसाद बराल र उनकी पत्नी शान्ति भट्टराई बराल तथा रविप्रसाद बराल र उनकी पत्नी सरीता बरालले पितृ उद्धारार्थ महायज्ञ आयोजना गरेका हुन् ।
महायज्ञमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी सञ्चालिका राजयोगिनी ब्रह्मकुमारी अप्सराको प्रवचन रहेको छ ।

प्रथम दिनको कार्यक्रममा शनिबार समाजसेवी र धार्मिक व्यक्तित्वको रुपमा परिचित यज्ञप्रसाद बरालको स्मृतिमा दीप प्रज्ज्वलन, सामाजिक योगदानको चर्चा साथै पितृ उद्धारका लागि सन्तानहरुले गर्नुपर्ने सूक्ष्म दायित्व र कर्तव्यलाई बोध गराउँदै विभिन्न पौराणिक र श्रीमद्भागवद् गीताज्ञान प्रस्तुत गरिएको थियो ।

समाजसेवी यज्ञप्रसाद बरालको स्मृतिमा उनका छोराहरु यदुप्रसाद बराल र रविप्रसाद बरालले पोखरा–१७ बिरौटामा करिब ८ आना जमिन उपलब्ध गराई साढे २ तल्लाको बहुउद्देश्यीय यज्ञशाला भवनसमेत बनाई सामाजिक तथा धार्मिक कार्यका लागि हस्तान्तरण भएको योगदानबारे कार्यक्रममा चर्चा गरिएको थियो ।

उक्त कार्यक्रममा राम मन्दिर सञ्चालक समितिका अध्यक्ष लीलाभक्त आचार्यले सेवा नै धर्म भएको उल्लेख गर्दै कार्यक्रमको सफलताको कामना गरे । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पार्दी शाखाका सचिव ब्रह्मकुमार शिशिर रेग्मीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width