काठमाडौं फ्रेस बेकरी २६ औं वर्षमा प्रवेश

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Kathmandu Bekari newss

पोखरा । पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरी २६ औं वर्षमा प्रवेश गरेको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत वर्ष मनाएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीबबहादुर कोइरालाले सरकारी तबरबाट व्यवसायीलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शिताको खाँचो रहेको बताए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्यता नैै महत्वपूर्ण भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशीलताका कारण बेकरीले उचाइ लिन सफल भएको बताए । उनले पूँजी सँगसँगै लगनशीलतामा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी विश्वशंकर पालिखेले बेकरीको क्षेत्रमा काठमाडौं बेकरीले आफ्नो भिन्नै पहिचान बनाउन सफल रहेको भन्दै प्रशंसा गरे ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजु र संघका वरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले निरन्तरको मेहनत र धैर्यताले नै काठमाडौं बेकरी नव उद्यमीहरुका लागि मार्ग दर्शक र प्रेरणाको स्रोत बन्न सफल भएको उल्लेख गरे ।

कार्यक्रममा बेकरीका सञ्चालक रोशन महर्जनले २०४९ सालमा ३ हजारको लगानीबाट व्यवसाय सुरु गरेको स्मरण गर्दै अहिले बेकरीमा २५ करोडको लगानी रहको बताए । बेकरीले केक, कुकिज लगायत २ सय भन्दा बढी प्रकारका वस्तुहरु उत्पादन गर्दै आइरहेको छ ।

बेकरीले पोखराको लेकसाइड र शीतलादेवी तथा भरतपुरको चौविबसकोटी र सौराहाचोकमा शाखा सञ्चालन गरिसकेको छ भने काठमाडौंमा पनि छिट्टै शाखा बिस्तार गर्ने तयारी रहेको सञ्चालक महर्जनले बताए ।
उद्योगमा अहिले १ सय भन्दा बढीले रोजगारी पाएका छन् । १ हजार भन्दा बढीलाई बेकरी सम्बन्धी तालिम प्रदान गरिसकिएको छ । सो अवसरमा लामो समयदेखि बेकरीमा महत्वपूर्ण योगदान पु¥याउने कर्मचारीहरुलाई सम्मानसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…
  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…

hero news full width

trending post

ट्रेन्डिङ्ग