पोखरा । पोखरा १३ स्थित जनकल्याण समितिले २०७९ सालको भित्तेपात्रो लोकार्पण तथा शुभकामना आदानप्रदान गरेको छ । शिक्षासेवी नवराज थापा लगायत अन्य अतिथिले सामूहिक रुपमा भित्तेपात्रो लोकार्पण गरेका थिए ।
संस्थाका सल्लाहकार प्रा. तारा बरालले सबैको सद्भावना र सहयोगका कारण संस्था अघि बढ्न सफल भएको बताउँदै समाजलाई सभ्यताको उच्च बिन्दुमा पु¥याउन यस्ता संस्था आवश्यक हुने उल्लेख गरे ।
टोल विकास संस्थाको तर्फबाट तीनअम्चुरे टोल विकास संस्थाका अध्यक्ष बलबहादुर बरालले जनकल्याण समिति सबै जातजातिको आवश्यकता पूरा गर्न सघाउने संस्था भएको धारणा राखे ।
सेवा क्षेत्रका विद्यालयहरुको तर्फबाट ताराकुञ्ज बोर्डिङ स्कुलका प्रअ गोविन्द गौतमले सबैको एकताले संस्था घरजस्तो भएको धारणा राखे ।
जलेश्वर बहुद्देश्यीय समाजका अध्यक्ष तथा सिद्ध सन्यासी सामुदायिक वन समितिका सल्लाहकार भीमबहादुर बरालले ज्योतिषीय पञ्चांग पात्रोलाई सबैले बुझ्ने गरी भित्तेपात्रो प्रकाशन गरेको भन्दै जनकल्याण समितिको प्रशंसा गरे । उनले संस्थालाई आवश्यक जग्गासमेत सिद्ध सन्यासी वन समितिले उपलब्ध गराएको जानकारी दिए ।
संस्थाका अध्यक्ष देवराज बरालले सबैको साथ र सहयोगले मात्रै संस्था ४ दशकको यात्रा तय गर्न सफल भएको सुनाए । उनले सिद्ध सन्यासी सामुदायिक वन र जनकल्याण समिति एक सिक्काका दुई पाटा भएकाले सहयोग आदानप्रदान हुनैपर्नेमा जोड दिए । अध्यक्ष बरालले दिवाकालीन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने संस्थाको योजना सुनाए ।
यसैबीच जग्गा उपलब्ध गराउने सिद्ध सन्यासी सामुदायिक वन समितिका पदाधिकारी तथा सल्लाहकारलाई सम्मान गरिएको थियो भने लामो समय शिक्षा क्षेत्रमा बिताएका कार्यक्रमका प्रमुख अतिथि नवराज थापालाई संस्थाका पूर्व अध्यक्ष लोकबहादुर कार्कीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
संस्थाका अध्यक्ष देवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष विष्णु कार्की र सञ्चालन सचिव विनोद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१