बुद्धिजीवी परिषद् मादी इकाइ गठन

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७९
Buddijibi parisad

पोखरा । नेपाल बुद्धिजीवी परिषद् मादी गाउँपालिका इकाइ समिति अध्यक्ष डिल्लीराम देवकोटा चयन भएका छन् । परिषद् कास्कीका अध्यक्ष प्रा. विश्वराज अधिकारीको अध्यक्षतामा शनिबार भएको भेलाले इकाइ समिति सर्वसम्मत चयन गरेको हो ।

परिषद् उपाध्यक्ष शुक्रराज सापकोटा, सचिव सन्तोष लामिछाने, उपसचिव गेहेन्द्र गुरुङ, उपसचिव हिरादेवी गुरुङ, कोषाध्यक्ष कमलबहादुर सुवेदी चयन भए । सदस्यहरु महेन्द्र पौडेल, पितृराज कमल पहारी, विद्या सुवेदी, मेमबहादुर गुरुङ, तारा अधिकारी, विद्या सुवेदी र रुपा गुरुङ छन् ।

भेलामा परिषद् जिल्ला सचिव नगेन्द्रबहादुर भण्डारी, परिषद् जिल्ला सदस्य तथा मादी इन्चार्ज शुक्रराज अधिकारी उपस्थित थिए ।

सल्लाहकार दशरथ सापकोटा, पदममाया गुरुङ र बाबुराम सापकोटा छन् । ५ जना सदस्य समितिले मनोनीत गर्नेछ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width