पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका अबको साझा लक्ष्य समृद्धि रहेको भन्दै यसको प्राप्तिका लागि राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्बन्धित सबै एकजुट हुनुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवस २०७९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘हाम्रो अबको साझा लक्ष्य आर्थिक समृद्धि हो । नागरिक सन्तुष्टि नै कुनै पनि व्यवस्था सफलताको कडी हो । यसका लागि सबै राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’
लामो संघर्षपछि संविधानसभामार्फत् बनेको संविधान र त्यसपछि बनेको ३ तहका सरकारलाई अझ प्रभावकारी र जनमुखी बनाउनका लागि सहमति र सहकार्य नै सबैभन्दा ठूलो शक्ति रहेको उनले उल्लेख गरेका छन् । मुख्यमन्त्री पोखरेलले जारी गरेको सन्देशमा उल्लेख छ, ‘वैशाख ११ गते सामान्य दिन होइन । २०६२/६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावले नेपालमा राजतन्त्रले घुँडा टेकेको दिन हो ।’
यहि दिन पुनस्र्थापना भएको संसदले नेपालमा गणतन्त्र स्थापना गरेको भन्दै उनले जसको फलस्वरुप अहिले हामी संघीय गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्न पाएको बताएका छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१