पोखरा । जिल्ला तहमा गठबन्धन बलियोसँग नकसिएपछि गण्डकी प्रदेशमा हलचल आएको छ । गोरखामा कांग्रेस र माओवादीमात्रै तालमेल गरेर जाने निर्णय स्थानीय स्तरमा भइसकेको छ भने ८ वटा बैठक बसेपछि गठबन्धन दलहरुको बैठक औपचारिक रुपमा टुंगिएको छ । स्याङ्जा, लमजुङ, बागलुङलगायत जिल्लामा गठबन्धनको बैठक अहिले पनि निरन्तर छ । तर निष्कर्ष निस्किएको छैन । त्यसो त गठबन्धभित्रकै दलहरुले माथिल्लो कमिटीलाई गरेको रिपोर्टिङ नै फरक फरक परेको छ । कांग्रेसले अधिकांश जिल्लामा मेलमिलापको प्रयास भइरहेको रिपोर्टिङ गरेको छ भने अरु पार्टीहरुले अब गठबन्धन सम्भव नहुनेसम्मका रिपोर्ट पठाएका छन् । ११ वटै जिल्लाका रिपोर्टमाथि गण्डकी प्रदेश स्तरीय बैठकमा ब्रिफिङ भएको छ ।
‘हामी गठबन्धनको पक्षमा छौं । अन्तिम अवस्थासम्म पनि पहल गर्छौं,’ माओवादी अध्यक्ष गायत्री गुरुङ भन्छिन्, ‘गठबन्धनको मर्म जे कुरामा अघि बढेको छ, त्यो पूरा हुन्छ । प्रतिगमन रोक्न हदैसम्म लचिलो भएर जान माओवादी तयार छ ।’ गण्डकीका अधिकांश पालिकाहरुमा कांग्रेस र माओवादीबीच सहकार्य हुने देखिएको छ । कास्कीमा भने माओवादीले मादी गाउँपालिकाको अध्यक्षमा दाबी गरेका कारण कांग्रेस पछि हटेको बुझिएको छ । मनाङमा पनि माओवादी र कांग्रेसकै सहकार्य हुने पक्का भएको छ ।
मनोनयन पछिल्लो दिन गर्ने सहमति गरेका छौं । सकेसम्म गठबन्धन नटुटोस् भनेर अघि बढिरहेका छौं
जनता समाजवादी पार्टीका उपाध्यक्ष हेमबहादुर थापा किरणले बैठकमा छलफलमात्रै भएको तर निर्णय हुन नसकेको बताए । ‘भागबण्डामै मिलेको छैन । प्रदेशका कुनकुन जिल्लामा समस्या छ भनेर छलफल भैरहेको छ,’ उनले भने, ‘जिल्लाहरुमा कुरा मिलेको छैन । अहिलेसम्म गैंडाकोट नगरपालिकामा ५ दलकै गठबन्धन भएको छ । अन्त कुरा मिलेको छैन भन्ने नै रिपोर्टिङ छ ।’
कांग्रेसका महामन्त्री किरण श्रेष्ठले आइतबारसम्म अझै प्रयास गर्ने र जिल्ला नेताहरुसँग छलफल गर्ने सहमति भएको बताए । गठबन्धनमा कुरा नमिलेकै कारण मनोनयनसमेत सोमबार मात्रै हुने भएको छ । एमालेले अधिकांश मनोनयन आइतबार गर्ने तयारी गरेको छ । ‘मनोनयन पछिल्लो दिन गर्ने सहमति गरेका छौं । हामी सकेसम्म गठबन्धन नटुटोस् भन्ने लाइनबाटै अघि बढिरहेका छौं,’ उनले भने, ‘तलबाट मिश्रित रिपोर्टहरु पाएका छौं । गठबन्धन नभए पनि गठबन्धनबाहेकका दलसँग भने कसैले सहकार्य नगर्ने कुरामा सबै पार्टी दृढ छन् ।’ गठबन्धनको अनिर्णयले दलहरुमा उम्मेदवारी छनोट प्रक्रियासमेत अलमलिएको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१