स्याङ्जामा सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
Nirbachan Mukhya

स्याङ्जा । वैशाख ३० गते हुने निर्वाचनका लागि पुतलीबजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकामस्थित जिल्ला समन्वय समितिको कार्यालय परिसरमा कार्यालय स्थापना गरिएको हो ।

जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले कार्यालयमा टाँगेको बोर्ड पढेर स्थापना भएको घोषणा गरे । कार्यालय स्थापनाको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार बगाले, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित प्रहरी उपरीक्षक राजीबबहादुर बस्नेत, राष्ट्रिय अनुसन्धानका उपरीक्षक वीरेन्द्र मल्ल, नेकपा एमाले सहसचिव राजेन्द्र डुम्रे, नगर अध्यक्ष भरतबहादुर गोदार, कांग्रेस नेता सोमनाथ लम्साल, नेकपा (एस) नगर अध्यक्ष श्री गुरुङ, माओवादी केन्द्रका अध्यक्ष मनबहादुर थापा, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मालगायत सुरक्षाकर्मी र पत्रकारहरुको उपस्थिति थियो ।

यो सँगै जिल्लाका ११ वटै पालिकामा पनि बिहीबारै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । सबै पालिकामा निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसक्नु भएको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्लामा १ जना मुख्य निर्वाचन अधिकृत हुने व्यवस्था रहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पिएसओ (निजी सुरक्षा अधिकारी) सहित ९ जना कर्मचारी रहने छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि ९ जना कर्मचारी रहने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width