म्याग्दी । आगमी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस म्याग्दीले जिल्लाका सबै पालिकामा अध्यक्षका उम्मेदवार टुंगो लगाएको छ । जिल्लाको सदरमुकाम बेनीस्थित पार्टी कार्यालयमा बिहीबार साँझ बसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरि र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उम्मेदार सर्वसम्मत चयन गरेको हो ।
कांग्रेसले मंगला, मालिका गाउँपालिका र बेनी नगरपालिकामा यसअघि नै उम्मेदवार छनोट गरिसकेको थियो । जिल्लाका उम्मेदवार छनोटमा नेपाली कांग्रेस पहिलो भएको छ ।
उम्मेदवारको नाम सर्वसम्मत छनोट भएको कांग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले जानकारी दिए । रघुगंगा गाउँपालिकामा बहालवाला गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई दोहोर्याएर उम्मेदवार बनाइने भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा र धवलागिरि गाउँपालिकाको अध्यक्षमा पालिका सभापति प्रेम पुनलाई उम्मेदवार बनाउने निर्णय गरिएको सचिव पुनले बताए ।
उनका अनुसार अन्नपूर्णको उपाध्यक्षमा ललिता तिलिजालाई उमेदवार छनोट गरिएको छ । शुक्रबार बसेको बैठकले रघुगंगाको उपाध्यक्षमा वडा नम्बर ६ की सदस्य प्रेमकुमारी पुनलाई उम्मेदवार चयन गरेको छ । धवलागिरि, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुखको उमेदवार सत्ता साझेदार ५ दलीय गठबन्धनसँग छलफल गरेपछि टुंगो लगाइने सचिव पुनले बताए ।
यसअघि बेनी नगरपालिकाको मेयरमा चिरञ्जीवी शर्मा, मालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष श्रीप्रसाद रोकामगर र मंगलको अध्यक्षमा वीरेन्द्र बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको थियो । कांग्रेसले बिहीबारसम्म जिल्लाका ४५ वटा वडा मध्ये ३० भन्दा बढी वडामा अध्यक्षका उम्मेदवार छनोट र सार्वजनिक गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१