चारभञ्ज्याङ तमु समाजमा गणेशबहादुर

आदर्श समाज सम्वाददाता
वैशाख १०, २०७९
char bhanjyangs

पोखरा । पोखरा ९ नयाँबजार सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्षमा गणेशबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।१७ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।

समितिको प्रथम उपाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङ, द्वितीय उपाध्यक्ष सुमे पूर्णबहादुर गुरुङ, सचिव चन्द्रबहादुर गुरुङ, सहसचिव गणेशबहादुर गुरुङ, कोषाध्यक्ष ध्रुवबहादुर गुरुङ र सहकोषाध्यक्ष सु.लालकाजी गुरुङ चयन भए ।

सदस्यहरु वसन्तकुमार गुरुङ, तमबहादुर गुरुङ, नरप्रसाद गुरुङ, देउबहादुर गुरुङ, पदमबहादुर गुरुङ, सु.यामबहादुर गुरुङ, शिव घले, पबी गुरुङ, बेलकुमारी गुरुङ र सपना गुरुङ छन् । यस्तै, आमा समितिमा पुनः डम्बरकुमारी गुरुङ अध्यक्ष सर्वसम्मत चयन भएकी छन् । समितिको उपाध्यक्ष इन्द्रकुमारी गुरुङ, सचिव मीना गुरुङ, सहसचिव सुशीला गुरुङ, कोषाध्यक्ष तारा गुरुङ र सहकोषाध्यक्ष सूर्यकुमारी गुरुङ चयन भए । सदस्यहरु रत्नकुमारी गुरुङ, भीमकुमारी गुरुङ, कन्याकुमारी गुरुङ, तुलसीकुमारी गुरुङ, सन्तु गुरुङ, माया गुरुङ, दुरु गुरुङ, धनु गुरुङ, पार्वती गुरुङ, पूर्ण गुरुङ, निशा गुरुङ र विष्णु गुरुङ छन् ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । निर्वाचन समितिमा संस्थापक अध्यक्ष एवं सल्लाहकार प्रमुख पुरनध्वज गुरुङ, सल्लाहकार एवं निवर्तमान आइसिसी अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र सल्लाहकार एवं पूर्व अध्यक्ष सुमे नारायणसिंह गुरुङ थिए ।

समाजका अध्यक्ष प्रदीपकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष पुरनध्वज गुरुङ, सम्मानित बिना गुरुङ र सुबिन गुरुङले बोलेका थिए । कार्यक्रममा कोषाध्यक्ष क्या.ठाकुरप्रसाद गुरुङले स्वागत र सविच उमानसिंह गुरुङ (माओत्सेतुङ) ले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width