पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गरेका बेला अहिले गण्डकी प्रदेश सरकार बन्ने हल्लाले बजार तातेको छ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठकपछि उपमहासचिव एवं सञ्चार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले प्रदेश सांसदलाई महानगरको टिकट दिन नसकिने भनाइ सार्वजनिक गरे ।
यो भनाइले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारलाई केही असर पारेको छैन । उपमहासचिवकै दल एमालेभित्रबाट भने दुई थरी मत आउन थालेको छ । एकथरीले अब फेरि एमाले सरकारमा आउने भयो भनेर खुसी जनाएका छन् । अर्कोथरीले पोखरा उपमहानगरका पूर्व मेयर भइसकेको कृष्ण थापालाई रोक्न गुरुङले यो कार्ड प्रयोग गरेका हुन् भनेका छन् ।
कास्कीको राजनीतिमा अहिले पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको गुट हाबी छ । बाहिर एकढिक्का जस्तो देखिए पनि आन्तरिक मतभेद चु्लिँदो छ । गुरुङको यो अभिव्यक्तिले अधिकारी समूह निकै चिढिएको छ । मेयरका प्रत्यासी थापाले त आफूलाई रोक्न यो प्रपञ्च रचिएको अभिव्यक्ति नै दिएका छन् ।
उता जनता समाजवादी पार्टीले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएर एमालेलाई सघाउने हल्ला पनि नआएको हो । उक्त पार्टीबाट मन्त्री भएका हरिशरण आचार्यको हवाला दिएर सरकारबाट बाहिरिन सक्ने भन्ने खालका समाचार पनि आइ नै रहेका छन् ।
के बाहिर हल्ला चलेजस्तै गण्डकी सरकार ढल्छ त ? सरकारका प्रवक्ता भौति पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का भन्छन्, ‘गण्डकीमा गठबन्धनका दलबीच कुनै समस्या छैन, यो सरकार प्रदेश सभा र प्रतिनिधि सभाको चुनावसम्म कायम रहन्छ, कोही कसैलाई तर्साउन प्रयोग गरिएको कार्डले सरकारलाई छुँदैन ।’
यदि कुनै दलले समर्थन फिर्ता लिएमा अर्को सरकार बन्ने सम्भाव अब सकिएको छ । किन भने नेपालको संंंविधान धारा १६८ को उपधारा ५ अनुसार गण्डकीमा गठबन्धन सरकार बनेको हो । उपधारा १, २, ३ र ४ का विकल्प सकिएपछि मात्र पोखरेल नेतृत्वमा सरकार बनेको हो । सबै विकल्प समाप्त भएको अवस्थामा फेरि पहिलाका धारामा फर्कन सम्भव नभएको कानुन व्यवसायीहरु बताउँछन् ।
६० सदस्यीय प्रदेश सभामा हाल ५९ सदस्य कायम छन् । अहिले सरकारको समर्थनमा सभामुख वाहेक ३० मत छ । जनता समाजवादीका २ र स्वतन्त्र १ सांसदलाई तानेर एमालेले सरकार बनाउने सक्ने आँकलन भइरहेको छ । जसपासँग गण्डकीमा चुनावी तालमेल गर्न पृथ्वीसुब्बा गुरुङले पहल गरिरहेकाले पनि यो आँकलनलाई सहज बनाइदिएको छ ।
सरकारबाट जसपाका सदस्य बाहिरिएर समर्थन फिर्ता लिएको खण्डमा सरकार नैतिक संकटमा भने पर्ने छ । तर त्यसको विकल्प अर्को सरकार नभइ संसद विघटन र चुनाव घोषणा नै रहेको संवैधानिक कानुनका जानकारहरुको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१