पोखरा । पोखरा–२२, पुम्दीकोटमा शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव–२०७९ आयोजना गरिरहेको पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष हिमलाल बरालले महोत्सवमा भक्तजन र दाताको सहभागिता उत्साहजनक रुपमा बढ्दै गएको बताएका छन् ।
आदर्श समाज प्रतिनिधिसँग कुरा गर्दै बरालले सुरुका केही दिन न्युन उपस्थिति देखिए पनि पछिल्ला दिनमा भने भक्तजनको भीड बढ्दै गएको जानकारी दिए । काशि सुमेरुका पिठाधीश्वर जगतगुरु शंकराचार्य नरेन्द्रनन्द सरस्वती जस्ता व्यक्तित्वबाट विशाल महादेव मूर्ति प्रतिष्ठापित भई महोत्सवको उद्घाटन हुनु सम्पूर्ण भक्तजनका लागि खुसीको कुरा भएको उनले बताए ।
महोत्सव सफल बनाउन मूल आयोजक समितिले हरतरहले काम गरिरहेको भन्दै उनले स्वयंसेवक र विभिन्न उपसमितिहरुले पनि निकै मेहनतसाथ जिम्मेवारी निर्वाह गरिरहेको उनले बताए । निशुल्क यातायात तथा विशिष्ट अतिथिहरुलाई खानपानको व्यवस्थापन पनि सम्बन्धित उपसमितिले सक्दो राम्रो गरिरहेको उनले जानकारी दिए । महोस्थलस्थल कोट पुग्न साँघुरो बाटोका कारण केही समस्या भए पनि ट्राफिक व्यवस्थापनलाई ध्यान दिइएको उपाध्यक्ष बरालले सुनाए ।
महोत्सव आयोजना भइरहँदा चुनावी माहोलका कारण महोत्सव खल्लो हुने हो कि भन्ने सोचिए पनि भक्तजनको सहभागिताले उत्साह थपिएको उनले बताए । मौसम पनि कतिपय अवस्थामा केही प्रतिकूल हुँदा चुनौती थपिएको तर प्रकृतिसँग कोही जुध्न नसक्ने यथार्थ पनि बरालले सम्झिए ।
आफूहरु महोत्सव सफल पार्न हरतरहले निःस्वार्थपूर्वक लागि रहेको भन्दै उपाध्यक्ष बरालले धार्मिक र सांस्कृतिक काम भएका कारण कसैले पनि आर्थिक दुरुपयोग गर्ने हिम्मत गर्न नसक्ने बताए । पुम्दीकोटलाई धार्मिक र पर्यटकीयस्थल बनाउन सम्पूर्ण दाता र व्यवसायी तथा अन्य व्यक्तित्वलाई सक्दो सहयोग गर्न उनको अपील छ । यो क्षेत्रको विकासले सिंगो गण्डकी प्रदेश र नेपालकै अर्थतन्त्रमा टेवा दिन सक्ने दाबी पनि उनको छ । आफ्नो समितिले असल कामको थालनी गरेको भन्दै उनले सहयोगीप्रति धन्यवाद प्रकट गरेका छन् । दानका लागि पनि सही स्थल र पात्र छान्न सके त्यसले फलिफाप हुने उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१