गेट सेट गोदरेज योजना सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
godrej

पोखरा । इन्डियाको नं १ रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले यो नयाँ वर्षलक्षित गरी गेट सेट गोदरेज नामक योजना सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत ग्राहकले गोडरेजको होम एप्लायन्सको खरिदमा आकर्षक क्यासब्याक र उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले यो योजनाको लाभ चैत्र १३ देखि सीमित अवधिका लागि नेपालभर उठाउन सकिने कम्पनीले जनाएको छ । हरेक गोडरेजको सामानको खरिदमा २१५ सम्मका छुट र आकर्षक उपहारहरु पाउन सकिने छ । फ्रन्ट लोड वासिङ मसिन खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वासिङ पाउडर र टप लोड वासिङ मसिन खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वाशिङ पाउडर पनि पाउन सकिनेछ । साथै माइक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कुकिङ किट उपहार पाउन सकिनेछ । त्यस्तैगरी रेफ्रिजेरेटर, एअर कुलर, छोटुकुल, चेस्ट फ्रिजर, एसी र भाइरोसिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

साथै एसीमा आकर्षक छुट र ४ हजार बराबरको निशुल्क एसी जडान सुविधा पाउन सकिनेछ । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।

नेपालभर गोडरेजको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ । सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ । कम्पनीका सिजी डिजिटल सोरुम काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा छन् ।

Related News

सम्बन्धित समाचार

  • वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    पोखरा । वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ। हिमालय साइन्स फाउन्डेसन आयोजनामा आगामी जेठ ४…
  • महावीरले भेटे प्रधानमन्त्री

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका…
  • एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    पोखरा । एनसेल आजियाटा लि.ले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका विभिन्न संकायमा उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७९ प्रदान गरेको…
  • इन्टरनेट सेवा गुणस्तरीय बनाऊ, तिरेको शुल्क अनुसारको सेवा देऊ

    आदर्श समाज सम्वाददाता फागुन १, २०७९
    पोखरा ।  हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन्…
  • सामसुङ ग्यालेक्सी एस २३ सिरिज सार्वजनिक

    आदर्श समाज सम्वाददाता माघ २९, २०७९
    पोखरा । सामसुङको ग्यालेक्सी एस २३ सिरिज पोखरामा सार्वजनिक गरिएको छ । पोखरामा आइतबार एस २३, प्लस र अल्ट्रा सार्वजनिक…

hero news full width