महिला सीप विकास संस्थाको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
female

पोखरा । महिला सीप विकास संस्था पोखरा–८ को २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

समारोहा गैसस महासंघ गण्डकी प्रदेशका सल्लाहकार कृष्णप्रसाद बरालले क्यालेन्डर विमोचन गर्दै महिला सीप विकास संस्थाले गरिबी निवारण र महिला सशक्तीकरणको क्षेत्रमा अतुलनी योगदान पुर्‍याएकोमा भन्दै कार्यको प्रशंसा गरे ।

उनले स्वदेश तथा विदेशमा आफ्नो पहिचान सहितको ख्याति बढाएको भन्दै महिला सीप विकास परिवारलाई नयाँ वर्ष–२०७९ को हार्दिक शुभकामना तथा शुभेच्छा राखेका थिए ।

महिला सीप विकास संस्थाका अध्यक्ष देवी गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले नयाँ वर्षको शुभकामना एवं संस्थाको गतिविधि सहित स्वागत मन्तव्य राखिन् ।

लामो समयदेखि महिला सशक्तीकरण दिशामा महिला सिप विकास संस्थाले महत्वपूर्ण भुमिका खेल्दै आएकोे छ । सो कार्यक्रमको संचालन विष्णुप्रसाद बरालले गरेका थिए ।

कार्यक्रममा सहभागी संस्थाका कर्मचारी शिक्षकहरु र उत्पादन समूहका दिदीबहिनीले आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width