पोखरा । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी बताएका छन् । जनताको हितमा उल्लेख्य काम गर्दै अघि बढेको आफ्नो पार्टीको लोकप्रियताबाट आत्तिएर केही दलहरु गठबन्धन बनाउने तयारीमा लागेको भन्दै उनले जस्तोसुकै गठबन्धन आए पनि परास्त हुने चुनौती दिए । उनले एमाले सरकारका काम र उपलब्धिलाई जनतासामु लैजान आफ्ना कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।
एमाले गण्डकी प्रदेश संगठन कमिटीको आयोजना तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको ब्यवस्थापनमा बुधबार पोखरामा आयोजित स्थानीय तह निर्वाचनकेन्द्रित प्रचार भेलामा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता गुरुङले सो कुरा बताएका हुन् ।
उनले एमालेका विगतका संघीय र प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिको काम अब्बल रहेको र अब आउने सरकारले ती कामको प्रचारसहित नयाँ विकासका योजनाका स्पस्ट मार्गचित्र प्रस्तुत गरेकोले नै देशका कुना कुनाबाट विभिन्न पार्टी परित्याग गरि विकासप्रेमी जनताहरु आफ्नो पार्टीमा समाहित हुने क्रम तीव्र बनेको जिकिर गरे ।
भेलामा एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, गण्डकी उपसचिव एवं गण्डकीका प्रचार विभाग प्रमुख रश्मी आचार्य, केन्द्रीय प्रचार विभाग सदस्य निर्मला शर्मा, गण्डकीका प्रचार विभाग उपप्रमुख पुण्य पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, सचिव सुष्मा पौडेल, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्रप्रसाद पौडेल लगायतले स्थानीय तहको निर्वाचनमा प्रचार रणनीति र गर्नुपर्ने कार्यको बारेमा प्रशिक्षण दिएका थिए ।
भेलामा गण्डकी प्रदेशका जिल्ला प्रचार विभाग प्रमुखहरु, जनसंगठनका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको पार्टीका प्रदेश प्रचार तथा प्रकाशन विभागका सदस्य रामजीप्रसाद लम्सालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१