पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई पुस्तक तथा प्रोजेक्टर सहयोग गरिएको छ । बेलायत निवासी दुधबहादुर पुन (चिमखोले काइँला) ले उक्त सामाग्री सहयोग गरेका हुन् ।
म्याग्दीका चिमखोले काइँलाले चिमखोले काँइला अक्षयकोष मार्फत विभिन्न ८ विधाका एक दर्जन पुस्तक हस्तान्तरणका साथै प्रोजेक्टर प्रदान गरेका हुन् । उनले करिब ५१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा जन्म भई कामको शिलशिलामा बेलायत पुगेका लेखक, गीतकार, निर्देशक तथा कवि समेत हुन् ।
उनले म्याग्दी जिल्ला शिक्षाको हिसाबले निकै पछि परेको तर आफूमा पढ्ने रहर भएकाले विदेशमा गएर पनि जागिरको साथै शिक्षालाई समेत अघि बढाएको सुनाए । उनले आफू पढ्न नपाए पनि पढ्न चाहेको क्याम्पसमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए ।
पृथ्वीनारायण क्याम्पस सहायक क्याम्पस प्रमुख प्राडा लालबहादुर कुँवरले पुस्तक हस्तान्तरण गर्नु पुण्यको काम भएको बताए । उनले नेपाली विभागमा नयाँ प्रमुख आएसँगै परिवर्तन आएको सुनाए ।
नेपाली विभाग प्रमुख डा. कुसुमाकर न्यौपानेले चिमखोले काँइला प्रेरणाको स्रोत रहेको सुनाए । उनले सहयोग गर्नु सामान्य कुरा नरहेकाले उनले लिखित पुस्तकले विद्यार्थीलाई थप शिक्षा मिल्ने बताए ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१आज पोखराको विशेष नगर सभा
मंसिर २०, २०८१