सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने

आदर्श समाज सम्वाददाता
वैशाख ९, २०७९
gathabandhan-1631181509

पाेखरा ।  सत्तारुढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको स्थानीय तहोक निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी अनुगमन संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

सातै स्थानका सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जनाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

वैशाख १८ गते सुर्खेत र धनगढीमा संयुक्त सभा हुनेछ। यस्तै १९ गते पोखरा र बुटवलमा सभा आयोजना गर्ने निर्णय भएको छ। यस्तै २० गते विराटनगर र जनकपुरमा सभा गरिनेछ। २२ गते काठमाडौंमा सभा आयोजना गरी समापन गरिने संयन्त्रले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरामा जारी आइटिएफ जे–३० वल्र्ड टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्समा ब्वाइजतर्फ चिनियाँ खेलाडी हाइनुओ गुओ र गल्र्सतर्फ भारतीय…
  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • १० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । कर्णाली प्रदेशमा चैत २३ देखि ३० सम्म उक्त प्रतियोगिता…
  • ‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे

    रासस मंसिर २१, २०८१
    गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति…

hero news full width