नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

रासस
वैशाख ८, २०७९
Nepse

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर दुई हजार ३२५.४५ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०६ अङ्कले उकालो लागेर ४४३.१४ मा पुगेको छ । कूल २३१ कम्पनीको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर रु एक अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८४८ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब सात अर्ब ९२ करोड ६८ लाख ५० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.५८, व्यापार १८.७३, वित्त १२.१७, निर्जीवन बीमा ८५.२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन ३०.९८, विकास बैंक ३५.१२, जलविद्युत् १०.६१, उत्पादन १३.४२, अन्य ३५.८५, लघुवित्त ६.७६, जीवन बीमा ७४.१४ र लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा नेष्डो लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३६ लाख २७ हजार बराबरको कारोबार भयो । नबिल बैंक रु पाँच करोड नौ लाख ३७ हजार ९४६, सूर्य लाइफ इन्स्योरेन्स रु चार करोड ७० लाख ६९ हजार ९००, एनआइसी एशिया बैंक रु चार करोड २० लाख ६४ हजार ७०४ र हिमालयन डिस्टिलरी रु तीन करोड ६२ लाख ५३ हजार १०६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडका शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । समिट लघुवित्त वित्तीय संस्था ७.५९, गणपति लघुवित्त ६.४८ र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०६ अङ्कले उकालो लाग्यो । घलेम्दी हाइड्रोपावर ६.३०, राष्ट्रिय बीमा कम्पनी लिमिटेड ४.२१, आइएमई जनरल इन्स्योरेन्स ३.६९, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.५४ र जनरल इन्स्योरेन्स कम्पनी नेपालका लगानीकर्ताले ३।३३ अङ्कले गुमाए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पुसमा २० औं लेखनाथ महोत्सव

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८१
    लेखनाथ । हरेक वर्ष जस्तै मेला तथा महोत्सव गर्दै ख्याति कमाएको लेखनाथ उद्योग वाणिज्य संघ २०औं संस्करणको लेखनाथ महोत्सव–२०८१ तयारीमा…
  • आइकोनिक रिमझिम बल क्यान्डी

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । सुजल फुड्स प्रालिले लोकप्रिय क्यान्डी ‘रिमझिम बल’ पुनः बजारमा ल्याएको छ । नेपाली अग्रणी कन्फेक्सनरी उद्योग सुजलले सन्…
  • ४ महिनामा साढे ४ खर्ब व्यापार घाटा

    रासस मंसिर ८, २०८१
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।…
  • आदर्श समाजकर्मी शर्मा सम्मानित

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अब प्रविधिमैत्री नहुने हो भने व्यवसायमा सफलता प्राप्त हुन नसक्ने बताएका छन् ।…

hero news full width