पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पत्रकार महासंघ कास्कीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।
एनआरएनएका अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ र सहकोषाध्यक्ष अमृता थापाले महासंघ जिल्ला अध्यक्ष विमला भण्डारीलाई ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन्।
सो अवसरमा एनआरएनएका नवनिर्वाचित पदाधिकारी तीनै जनालाई अध्यक्ष भण्डारीले बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । जहाँ रहे पनि नेपाल र नेपाली माटोप्रतिको घनिष्टता नघटाउन अध्यक्ष भण्डारीको आग्रह थियो।
एनआरएनए अध्यक्ष थापाले आगामी दिनमा पत्रकारसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् । महिला पत्रकारको हकहितका लागि एनआरएनए सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता थियो । आफूहरु तीनै जना गण्डकी प्रदेशकै भएकाले प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो पहल गर्ने उनले बताइन् । पत्रकार महासंघ कास्कीको भवनमा बन्ने पुस्तकालयका लागि सहयोगको पहल गर्ने उनले जनाइन्।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१