सिलाइ तालिम सुरु

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
pcc

पोखरा । महिलालाई स्वरोजगार बनाउन बुधबारबाट पोखरामा ३ सय ८० घन्टे सहायक सिलाइ तालिम सुरु भएको छ । तालिममा २० जना महिलाहरुको सहभागिता छ । गण्डकी बहुप्राविधिक शिक्षालयले पोखरा उद्योग वािणज्य संघ र बुटिक एसोसिएसन कास्कीसँगको समन्वयमा तालिमको आयोजना गरेको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले तालिम शुभारम्भ गरे । उनले स्वरोजगार हुनु भनेको आत्मनिर्भर हुनुमात्र नभएर अरुलाई रोजगारी दिने सम्भावनाको सुरुहात भएको बताए ।

पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले व्यवसायीहरुले करबापत् तिरेको पैसालाई महानगरले तालिममा खर्च गर्दै रोजगार सिर्जना गर्न लागेको बताए । उनले शिक्षालयले हालसम्म तालिम २ सय २० जनामध्ये १ सय ८० जनाले रोजगारी पाएको जिकीर गर्दै तालिममा बच्चाको भोटोदेखि १५ थरीका कपडा सिलाउन सिकाइने जानकारी दिए ।

पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमितिकी संयोजक कुमारी मुना बास्तोलाले महिला उद्यमशीलता विकासमा तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।

बुटिक एसोसियसन कास्कीकी अध्यक्ष शान्ति श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव स्वेता भट्टराईले गरेकी थिइन् । तालिमको प्रमुख प्रशिक्षक गण्डकी बहुप्राविधिक विश्वविद्यालयकी मञ्जु देवकोटा छन् ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width