पोखरा । पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णयपछि पोखराको कांग्रेस आन्दोलित भएको छ । आफ्नो अस्तित्व बिर्सिएको भन्दै महानगर समितिले जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ ।
तालाबन्दीपछि महानगर सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनको निर्णय गलत भएको बताए । उनीहरुले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रश्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘हामी पनि विधान अनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’ सत्ताभन्दा माथि उठेर आमकार्यकर्ताको मनोभावना उच्च राख्न महानगरले जिल्लाको पार्टी कार्यालयमा तालाबन्दी गरेको थापाले बताए । ‘आगामी दिनमा अपनाइने संघर्षका कार्यक्रमहरुमा आमसहमति रहने अपेक्षा गर्दै यो ध्यानाकर्षण पत्र जिल्ला कार्य समिति एवं गण्डकी प्रदेश कार्य समिति लाई पेस गर्दर्छौं,’ विज्ञप्तिमार्फत भनिएको छ ।
तर महानगर समितिका पदाधिकारीले मात्रै जिल्लामा तालाबन्दी गरेको भन्दै त्यसको विरोधमा पोखरा महानगरकै कार्यालयमा ताला लगाइएको छ । नगर कार्यसमितिका सदस्यहरूसँग सल्लाह नगरी आफूखुसी तालाबन्दी गरेको भन्दै असन्तुष्ट नगर सदस्य राजन श्रेष्ठले आफ्नै कार्यालयमा ताला लगाएका हुन् । उनले महानगर समिति विधिविपरीत चलेको भन्दै बेथितिका कारण नगर समितिले सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गर्न नसकेको उनको आरोप लगाए ।
महानगरले संकलन गरेको मेयर र उपमेयर आकांक्षीहरुको नाम जिल्लामा पठाउने निर्णय
‘केन्द्रस्तरबाट महानगर, जिल्ला र प्रदेशका सभापतिको सहमतिमा पोखराको मेयर चयन भएको हो । त्यसको विरोध गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘नगर समितिका अरू सदस्यहरूसँग सल्लाह नगरी एकतर्फी रूपमा ताला लगाएकोमा मेरो विरोध छ । त्यसैले मैले महानगरमा ताला लगाएको हुँ ।’ उनले केन्द्रको निर्णय कार्यान्वयन गर्नतर्फ लाग्न पार्टी पंक्तिसँग आग्रह पनि गरेका छन् ।
केन्द्रको विरोध गर्न भेला भएको सभापतिको बैठकले महानगरले संकलन गरेको मेयर र उपमेयर आकांक्षीहरुको नाम जिल्लामा पठाउने निर्णय गरेको छ । ‘हामीले विधिपूर्वक संकलन गरेका नाम फरबार्ड गर्ने निर्णय भएको छ । हाम्रो संघर्ष समग्र संगठन र पार्टीको लागि हो,’ सभापति सुरेन्द्रमान विजुक्छेले भने, ‘आन्दोलन सुरु गरेपछि जिल्ला सभापतिले आकांक्षीको नाम पठाउन भन्नुभएको छ ।’ उनले अझै कांग्रेसले टिकट पाउन सक्ने सम्भावनाको आस गरेका छन् । ‘निर्णय भएको भनेर समाचार आएका छन् । कुरा बुझ्दा अझै सम्भावना रहेको भन्नुभएको छ,’ उनले अघि थपे, ‘एकीकृत समाजवादीलाई मेयर दिएपछि कांग्रेसकै धेरै मतदाता भोट हाल्न जान्नँ भन्ने प्रतिक्रिया आएको छ । यसले त वडा र उपमेयरमा पनि चुनाव हार्ने अवस्था आउँछ । त्यसलाई रोक्न हामी सचेत हुनुपर्ने छ ।’ वडा सभापतिहरुले जिम्मेवार भएर निर्णय लिनुपर्ने सुझाव दिएका थिए ।
यसैबीच, बुधबार लगाइएको दुवै कार्यालयको ताला बिहीबार खोल्ने सहमति भएको महानगर समितिले जनाएको छ । महानगरमा कांग्रेसले एसलाई नस्विकार्दा जिल्लाका अन्य पालिकामा पनि अन्योल देखिएको छ । कांग्रेसले रुख चिन्हबाट चुनाव लड्नका लागि आह्वान गरेर नयाँ विकल्प अघि सारे पनि त्यसमा नेताहरु राजी भएका छैनन् । पोखराको मेयरका लागि कांग्रेसले १८ र उपमेयरमा १० जनाको नाम बटुलेको छ भने माओवादीले दुवै पदमा ३/३ जना सिफारिस गरेको छ । एकीकृत समाजवादीले नगर कमिटीबाट ६ जनाको नाम मेयरमा र ३ जनाको नाम उपमेयरमा सिफारिस गरेको छ ।
Related News
सम्बन्धित समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
शिक्षामन्त्री कोटिहोममा
खेलकुद मन्त्रीसँग काँग्रेसको कार्यकर्ता भेटघाट
नेपाललाई चीनको ९ अर्ब अनुदान
कीर्तिपुरमा कांग्रेसका कृष्णमान निर्वाचित
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१