प्रवीण स्मृतिमा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
lumle

हेमजा । लोकगायक प्रवीण गुरुङको स्मृतिमा लुम्लेमा बुधवारदेखि सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

उनको स्मृतिमा रि नी म्यो (दिदीबहिनी दाजुभाइ) तमु ट्हो धिं (समाज) को आयोजना तथा गाउँपालिकाको विशेष सहयोगमा आयोजित कार्यक्रम २ दिनसम्म चल्नेछ ।

कार्यक्रमबीच अन्नपूर्ण–२, सेराचौर निवासी लोकदोहोरी गायक प्रेमराज अधिकारी दोसल्ला, नगद र सम्मानपत्रसहित सम्मानित भए । लोकदोहोरी समाजमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई गाउँपालिकाले सम्मान गरेको हो।
त्यस अवसरमा दोहोरीगायक राजन कार्की र तारापति सुवेदीले प्रस्तुति राखे । त्यस्तै स्थानीय आमा समूह शुभकामना, काउरोड, जागृति, शिवशक्ति, प्रगति, देउराली, सर्वश्रेष्ठ, जलजला, राधाकृष्ण, रिनी म्यो, जनसेवा, राम उत्कृष्ट, उत्पीडिन, शुभकामना लगायतले झाँकीसहित प्रस्तुति राखेका थिए।

२०१८ माघ १ मा जन्मेका प्रवीण गुरुङको २०५१ साउन २२ मा काठमाडौंमा गाडी दुर्घटनामा परी निधन भएको थियो।

उनका ‘यो दाजुको मिरमिरे आँखा’, ‘सालैजो हितैको माया’, ‘फूल मायामा नभुल’, ‘माथिबाट को आयो सालको पात बजाउँदै’ लगायत गीतहरु चर्चित छन् ।

समाजका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुनगाभा युवा क्लब सचिव संजोग गुरुङले स्वागत तथा सांस्कृतिक संयोजक नवीन गुरुङ, समाजका सचिव राजु गुरुङ तथा कलाकार जीवन दाहालले संचालन गरे ।

Related News

सम्बन्धित समाचार

  • अनेसास गण्डकीमा देवेन्द्र

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समिति उपाध्यक्ष दुर्गा न्यौपाने, महासचिव…
  • दीपक समीप पुरस्कृत

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार–२०८१’ बाट सम्मानित भएका छन् । शनिबार आयोजित समारोहमा नेपाल संगीत तथा नाट्य…
  • परिषद्द्वारा ‘आइकन अफ गण्डकी’ सम्मान

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८१
    पोखरा। नेपाल युवा परिषद् आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु गण्डकी प्रदेश युवा सम्मेलनमा १० जना युवालाई ‘आइकन अफ गण्डकी’ बाट सम्मान…
  • प्राध्यापकहरुका अनुभव पुस्तकमा

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०८१
    पोखरा । निवृत्त प्राध्यापक समाज पोखराले सोमबार ‘निवृत्त प्राध्यापक मञ्चः संक्षिप्त जीवनी’ लोकार्पण गरेको छ । जसमा कास्कीका विभिन्न क्याम्पसबाट…
  • राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा फेस्टिभल शो

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०८१
    पोखरा । राणा एण्ड गान्धी ग्रुप आयोजनामा पोखरामा विभिन्न देशका प्रतिनिधिहरुबीच बाईएसएमएफसी फेस्टिभल शो–२०२४ भएको छ । दुईदिने उक्त कार्यक्रममा…

hero news full width