एन्फा कास्कीमा उज्ज्वल

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
ANFA Kaski Photo

पोखरा । कास्की जिल्ला फुटबल संघ अध्यक्षमा उज्ज्वल रञ्जित निर्वाचित भएका छन् । बुधबार भएको संघको सातौं अधिवेशनमा निकटतम् प्रतिस्पर्धी विनोद गुरुङलाई पराजित गर्दै रञ्जित अध्यक्ष बनेका हुन् ।

नेतृत्वका लागि उज्लसहित विनोद गुरुङ र नवीन पुनको उम्मेदवारी परेकोमा पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । कुल २२ मध्येमध्ये रञ्जितले ९, गुरुङले ७ र पुनले ५ मत ल्याएका थिए । १ मत बदर भएको थियो ।

एन्फा विधानअनुरुप पहिलो चरणमा कसैको पनि ५० प्रतिशत बढी नभएपछि रञ्जित र गुरुङबीच पुनः मतदान भएको थियो । जसमा निर्वाचित रञ्जितले १४ र गुरुङले ७ मत पाए । १ मत बदर भयो ।

अन्य पदमा सर्वसम्मत् चुनिएको हो । उपाध्यक्षमा जगतबहादुर थापा, नरप्रसाद गुरुङ र सुरेन गुरुङ सर्वसम्मत भए । उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णुकुमार गुरुङ र खेमराज बरालले फिर्ता लिएपनि सर्वसम्मत बाटो खुलेको हो ।

सदस्यमा सुनिल गायक, शोभा बानियाँ, राजेश त्रिपाठी, सन्तोष कार्की, विकास गुरुङ, योगेश गुरुङ, हितमान गुरुङ, विकास गुरुङ, सुविन श्रेष्ठ, ओम गुरुङ र टंकप्रसाद गुरुङ सर्वसम्मत भएको निर्वाचन अधिकृत केशवराज बरालले जानकारी दिए ।

एन्फा कास्कीमा सहारा क्लब, फूलबारी क्लब, शीतलज्योति क्लब, लालीगुराँस क्लब, एबिसी क्लब, विष्णु पादुका, हेमजा युनाइटेड, लेकसाइड युवा क्लब, युनाइटेड क्लब, भदौरे क्लब, एपेक्स क्लब, श्री सत्य युवा क्लब, संगम युवा क्लब, नयाँगाउँ युवा क्लब, भ्याली युवा क्लब, ड्यामसाइड युवा क्लब, आदर्श युवा क्लब, रामघाट युवा क्लब, डेभिडफल्स युवा क्लब, नवआदर्श युवा क्लब, इन्द्रेणी युवा क्लब, गार्डेन युवा क्लब छन् । हरेक क्लबका १ प्रतिनिधिलाई मताधिकार थियो । एन्फाको केन्द्रीय निर्वाचन असार ६ मा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

  • आदर्श कपमा आयोजकको विजयी सुरुआत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    लेखनाथ । आदर्श युवा क्लबको आयोजनामा शनिबारदेखि २५ औं आदर्श कप फुटबल प्रतियोगिता सुरु भएको छ । २२–२९ मंसिरसम्म लेखनाथ…
  • साफ च्याम्पियनसिपमा बंगलादेश च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक १४, २०८१
    पोखरा । साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना फेरि चकनाचूर भएको छ । साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै…
  • नेपाल–बंगलादेश फाइनल आज

    रासस कार्तिक १४, २०८१
    काठमाडौं । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासंघ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ…
  • भारतलाई हराउँदै नेपाल फाइनलमा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०८१
    पोखरा । भारतको चुनौती टाइब्रेकरमा ४–२ ले पन्छाउँदै नेपाल अन्ततः साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गर्न सफल भएको…
  • माघमा आहारारा गोल्डकप

    आदर्श समाज सम्वाददाता कार्तिक ९, २०८१
    पोखरा । २४ औं संस्करणको आहारारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको मिति तय भएको छ । सहारा क्लब पोखराले आगामी…

hero news full width