पोखरा । युनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।
क्लबले १२ औं वार्षिकोत्सव अवसरमा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत कार्यक्रममा ५४ जनाले रक्तदान गरे ।
नेपाल रेडक्रस सोसाइटी वडा १० का वडाध्यक्ष सम्मरबहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काममार्फत आफूलाई अब्बल दर्जामा चिनाउन सफल भएको बताए ।
रक्तसञ्चार केन्द्रका प्राविधीक महेन्द्र केसीले खेर जाने रगत हरेक ३ महिनामा दान गर्नुपर्ने सुझाव दिए । क्लब अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका सचिव दिनेश सुनारले स्वागत मन्तब्य राखेका थिए । क्लबका सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन क्लबका महासचिव शान्ताबहादुर थापाले गरेका थिए ।
क्लबले १२ औं वार्षिकोत्सव अवसर पारी साताब्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन वैशाख १ मा पोखरा १८ मा रहेको बाल सुधारगृहमा खाद्यान्न वितरण गरेको थियो । यस्तैगरी क्रमश रामेश्वरी माविमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण, सेती खोंच एक पर्यटकीय गन्तब्य विषयक बृहत अन्तरक्रिया, सिद्ध माविका विद्यार्थीलाई साइबर क्राइमसम्बन्धी सचेतना र मौला इस्लामिक मद्रसा आधारभूत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो । क्लबले वैशाख ७ मा १२ औं वार्षिकोत्सव मनाउँदैछ ।
Related News
सम्बन्धित समाचार
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१