पोखरा । एनआरएनएले सहारा क्लब पोखराद्वारा संचालित सूर्यबहादुर केसी स्मृति सहारा एकेडेमीमा १ लाख रुपैयाँ स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ ।
पोखरा–१७, दोबिल्लास्थित एकेडेमीमा एनआरएनए अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ, सहकोषाध्यक्ष अमृता थापा र पूर्व कोषाध्यक्ष प्रकाश पुनले ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । सहारा क्लब हङकङका पूर्व सल्लाहकार समेत रहेका टीका गुरुङबाट यसअघि पनि क्लबमा निरन्तर सहयोग गर्दै आएको छ ।
सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन सुनिल रानामगरले गरेका थिए । फुटबलमार्फत सामाजिक सेवामा अग्रसर मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराद्वारा संचालित एकेडेमीमा हाल कठिन परिस्थिति एवं विपन्न वर्गका बालक गरी २६ जना आश्रित छन् ।
मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले हरेक वर्ष पोखरामा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको आहारारा गोल्डकप फुटबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताबाट बचत रकम एकेडेमीमा खर्च हुँदै आएको अध्यक्ष सुरजले बताए ।
Related News
सम्बन्धित समाचार
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
hero news full width
मुख्य समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१