पोखरा । चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन दललगायत सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
सयपत्री समाजले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर मंगलबार आयोजना गरेको ‘स्वच्छ र निष्पक्ष निर्वाचन किन र कसरी’ विषयक अन्तक्र्रियाका वक्ताले सो कुरामा जोड दिएका हुन् । उनीहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गराउन निर्वाचन आयोगको महत्वपूर्ण भूमिका हुने भएकोले कडाइका साथ प्रस्तुत हुन पनि सुझाव दिए । कार्यक्रममा विभिन्न दलका जिल्लास्थित नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अधिवक्ता, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागिता थियो ।
जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख हुमलाल पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनबारे ऐन र आचारसंहिताले तोकेका आचरणबारे प्रकाश पारेका थिए । उनले मानवको व्यवहारमा देखिएका समस्याबारे उल्लेख गर्दै सहभागीको जिज्ञासाको जवाफ दिएका थिए । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उनले मतदाता, दल, उम्मेदवार, पर्यवेक्षक र स्वयं निर्वाचन सम्बद्ध कर्मचारीहरु नैतिकरुपले जिम्मेवार हुनुपर्ने बताए ।
सयपत्री समाजका कार्यकारी निर्देशक गिरधारी सुवेदीले लोकतन्त्र जीवन्त बनाउने तत्व निर्वाचन हो भने । उनले आममतदाता, कार्यकर्ता र नेतृत्व वर्गको निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले निर्वाचनलाई लक्षित गरेर अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको बताए ।
नेकपा (माओवादी केन्द्र) पोखरा महानगर कमिटी उपाध्यक्ष भानुभक्त अधिकारीले निर्वाचन आचारसंहिता उल्लंघनमा परेका उजुरीमाथि कारबाही गर्न आयोग चुक्न नहुने बताए । उनले चुनाव स्वच्छ र निष्पक्ष नभए जनताको मताधिकारको दुरुपयोग हुने भएकोले यसबारेमा सबै पक्ष सचेत हुनुपर्ने बताए । नेकपा (एकीकृत समाजवादी) कास्की सहसचिव डिबी राईले आचारसंहिता पालना सबैको कर्तव्य हो भने । ठूलो दलमध्ये काँग्रेसका जिल्लास्थित प्रतिनिधि उपस्थित भएनन् भने एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ नबोली हिंडे ।
लोकतन्त्र जीवन्त बनाउने तत्व निर्वाचन हो
गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष पदमराज पहारीले अशक्त मतदाताको लागि मतदानस्थलसम्म लैजान निर्वाचन आयोग जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।
अपांगता महासंघका गिरीधारी सुवेदीले अपांगता भएका व्यक्तिलाई मतदानस्थसम्म लैजान यातायातको व्यवस्था गर्नुपर्नेमा जोड दिंदै मतदानको अधिकारबाट वञ्चित गर्न नहुने बताए । उनले मतदानस्थलमा असम्बन्धित व्यक्तिलाई प्रवेशमा रोक लगाउनुपर्ने पनि सुझाव दिए । अधिवक्ता एकनारायण गौतमले निर्वाचनमा आर्थिक चलखेल बढी हुने भएकोले रोक्नका लागि आयोगले ध्यान दिनुपर्ने सुझाव दिए ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले जनताले चाहेको व्यक्तिलाई सरकारमा पु¥याउन स्वच्छ र स्वतन्त्र निर्वाचन आवश्यक हुने बताए । त्यसका लागि आचारसंहिताको पूर्णपालना हुनुपर्ने उनको भनाइ छ ।
नागरिक समाजको सञ्जाल कास्कीका निवर्तमान संयोजक विष्णुप्रसाद बरालले निर्वाचन आयोग नैतिक र कानुनी दायित्व आचारसंहिता जारी गर्ने निकाय भएकोले कार्यान्वयनमा आयोग अझ जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले आयोगका कर्मचारीलाई कुनै पनि दलको छायामा नपर्न सुझाव दिए । उनले प्रविधिको प्रयोग गर्दै सामाजिक सञ्जालको भरपूर प्रयोग गर्नुपर्नेमा आयोगले सञ्जाल प्रयोगमा मापदण्ड तोकेकोमा आपत्ति जनाए ।
डिएलए कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले निर्वाचनमा सबै दल आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धामा उत्रिने गरेको टिप्पणी गरे । चुनावी खर्च अनियन्त्रित हुँदै गएको भन्दै निर्वाचन आयोगले जिम्मेवार भूमिका खेल्नुपर्ने सुझाव दिए । पत्रकार आरजु बिष्ट सल्यानीले चुनावी प्रचारमा बालबालिकाको प्रयोग हुने गरेको उल्लेख गर्दै यसमा रोक लगाउनुपर्ने बताए । सहभागी विजयकुमार प्रधानले निर्वाचन आयोगले आचारसंहिता घोषणा गर्ने तर कार्यान्वयनमा फितलो रहेको टिप्पणी गरे । उनले निर्वाचन खर्च नियन्त्रणतर्फ विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
सयपत्री समाजका अध्यक्ष गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका कार्यकारी निर्देशक गिरधारी सुवेदीले गरेका थिए । एक दशकअघि स्थापित संस्थाले विविध विषयमा नियमित कार्यक्रम गर्दै आएको संस्थाका कार्यक्रम अधिकृत विनोद पौडेलले जनाए ।
Related News
सम्बन्धित समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
सापकोटा कल्याण केन्द्रको साधारणसभा
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
hero news full width
मुख्य समाचार
देशभरका कानून व्यवसायी पोखरामा
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
मंसिर २३, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१