पोखरा । कास्कीको पुम्दीकोटमा जारी शिवमहापुराण एवं धार्मिक पर्यटन महोत्सव २०७९ को तेस्रो दिनसम्म ७५ लाख रुपैयाँ दान संकलन भएको छ । महोत्सव आयोजक समितिले दिएको जानकारी अनुसार मंगलबार मात्रै ३१ लाख दान रकम जम्मा भएको थियो । दोस्रो दिन सोमबार भने ५ लाख रुपैयाँ संकलन भएको जनाइएको छ ।
पोखरा २२ पुम्दीकोटमा निर्माण गरिएको विशाल शिव मूर्ति परिसरमा महोत्सव सञ्चालन भइरहेको छ । पुम्दीकोट कोट विकास समितिले महोत्सव आयोजना गरेको हो ।
मंगलबार काठमाडौंका डिलकुमारी देवकोटाबाट २ लाख २५ हजार रुपयाँ दान प्राप्त भयो । ध्रुवतारा आमा समूह पोखराबाट १ लाख २७ हजार १ सय २५, अर्जुन ढकाल र विष्णु बरालबाट २ लाख २५ हजार, विकास पराजुली र सिर्जनाबाट २ लाख २५ हजार, अन्नपूर्ण गाउँ पालिकाका कुसुमकुमार पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ रुपयाँ दान प्राप्त भएको छ ।
सिटिजन फर्निचर ट्रेड लिंक प्रालि न्युरोडबाट ११ लाख ११ हजार १ सय ११, मदन पौडेल र नानुमाया बराल धितालबाट २ लाख २५ हजार ५ सय ५५ र काठमाडौंका नरेशराज घिमिरेबाट १ लाख ११ हजार १ सय ११ रुपयाँ दान प्राप्त भएको समितिले जनाएको छ ।
पोखरा १५ का ऋदम चापागाइँबाट सोमबार २ लाख ११ हजार १ सय ११ रुपयाँ दान प्रदान गरिएको जनाइएको छ । पोखराका योगेन्द्र शाक्यले १५ लाख १ सय रुपैयाँ आइतबार प्रदान गरेका थिए । काठमाडौंका प्रमोद पराजुलीले २ लाख २५ हजार रुपयाँ, काठमाडौंकै हेमा बाटाजूले पनि २ लाख २५ हजार रुपयाँ र काठमाडौंकै दीपकप्रसाद दाहालबाट २ लाख ५० हजार रुपयाँ प्राप्त भएको छ ।
मूर्ति स्थापनाका क्रममा ४० करोड खर्च हुँदा लागेको ३ करोड ७५ लाख रुपैयाँ ऋण महायज्ञबाट तिर्ने योजना छ
यही वैशाख १२ गतेसम्म सञ्चालन हुने महोत्सवबाट संकलित रकमले शिव मूर्ति परिसरको बाँकी निर्माण कार्य सम्पन्न गर्ने र निर्माणको क्रममा लागेको ३ करोड ७५ लाख रुपयाँ ऋण तिर्ने योजना रहेको पुम्दीकोट कोट विकास समिति तथा महायज्ञ मूल समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । २० करोड लागत अनुमान गरिएको परियोजना बिस्तारित भई ४० करोड रुपैयाँ पुगेको र उल्लेखित २० करोड रुपयाँ खर्च भइसकेपछि ऋण लागेको उनको भनाइ छ ।
मंगलबार साँझ शिव मूर्ति परिसरमा आदर्श समाज प्रतिनिधिसँगको भेटमा नेपाल सरकारका पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीले विशाल शिव मूर्ति र यहाँ बनेका संरचना हेर्दा आफूले सोचेभन्दा राम्रो विकास र प्रगति भएको बताए । उनले भने, ‘यो क्षेत्रले सांस्कृतिक र पर्यटकीय महत्व बोकेको एउटा ल्यान्डमार्क इस्टाबिलिसमेन्ट हो ।’ उनले आफू मुख्य सचिव हुँदा सिड मनिको रुपमा २५ लाख रुपयाँ मूर्ति परिसरका लागि सघाएको स्मरण गर्दै भविष्यमा पनि यस क्षेत्रको विकासको लागि आफ्नो सकारात्मक सहयोग रहने बताए ।
हाल जारी महोत्सवबाट ६ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य समितिको रहेको छ । झरी र वर्षाका बाबजुद महोत्सवमा मंगलबार भक्तजनको उत्साहजन सहभागिता थियो ।
महोत्सव स्थलमा हालसम्म ५१ फिट अग्लो महादेव मूर्ति र ३१ फिट अग्लो विशाल डमरु निर्माण गरिएको छ । गंगापोखरी, १०८ स्वर्गद्वारी सिँढी, १०८ धारा जडित तेस्रो आँखा, २ सय १६ शिवलिंग, शिवताण्डव नृत्य हल र ध्यान केन्द्र निर्माण भइसकेका छन् । महोत्सवका अवसरमा आयोजना हुने महायज्ञमा विराट धनधान्य महापर्व, संगीतमय भजनकीर्तन, कलश यात्रा, ग्रहशान्ति, भूमि दान, कर्ता बस्ने, तुलादान र लाख बत्ती बाल्ने लगायत कार्यक्रम समेटिने छन् ।
महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम कथावाचक छन् । पुम्दीकोट क्षेत्रलाई भूमेश्वर कैलाश धामको रुपमा विकास गर्ने मुख्य योजना रहेको छ ।
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१