पोखरा । पोखरा महानगरपालिकाको मेयर अन्ततः माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नै पाउने भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले पोखराको मेयर नेकपा एसले पाउने निर्णय गरेको नेताहरुले बताएका छन् । यद्यपि आधिकारिक निर्णय भने सार्वजनिक भैसकेको छैन ।
एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यले आफ्नो पार्टीले मेयर पाएको पुष्टि गरे । ‘मेयर हाम्रो पार्टीलाई र उपमेयर कांग्रेसलाई भनेर निर्णय भएको छ,’ उनले भने, ‘अब गठबन्धनका दलहरुसँग जिल्ला तहमा बैठक र छलफल हुन्छ । मिलेर चुनाव जित्छौं । नतिजा हाम्रै पक्षमा पर्छ ।’
मेयर एसले पाउने भए पनि उम्मेदवार को हुने भन्ने टुंगिएको छैन । पोखरा महानगर कमिटीले ६ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पठाएको छ । तीमध्ये जिल्ला अध्यक्ष धनराज आचार्य र पोलिट्ब्युरो सदस्य तथा महानगर इन्चार्ज श्रीनाथ बरालबीच बढी प्रतिस्पर्धा छ । बलियो स्रोतका अनुसार यहाँको मेयर गठबन्धनबाट आचार्य नै हुने पक्का जस्तै छ । यद्यपि गठबन्धनको केन्द्रीय बैठक निरन्तर जारी छ । त्यसो त उपमेयर पाउने कांग्रेसले पनि आफ्नो उम्मेदवार पक्का गरेको छैन ।
सम्झाएर पठाए देउवाले
जिल्लाको ब्रिफिङ सुनाउन बालुवाटार पुगेका कास्की कांग्रेसका नेताहरुलाई सभापति शेरबहादुर देउवाले परिस्थिति बुझिदिन अनुरोध गरे । गठबन्धन बाध्यात्मक भएको भन्दै उनले यो परिस्थिति बुझिदिन आग्रह गरेका हुन् । ‘हामीले पोखराको बस्तुस्थिति भन्यौं । एकीकृत समाजवादी वा अरु पार्टीलाई मेयर दिंदा रिजल्ट निकाल्न सक्दैनौं भनेर रिपोर्टिङ गरियो,’ जिल्ला सभापति किशोरदत्त बरालले भने, ‘नेताहरुले सुनेर हुन्छ प्रयास गर्छौं भन्नुभयो । तपाईंहरुका कुरा सुन्यौं अब गठबन्धनका साथीहरुसँग बैठक हुन्छ । यी कुरा उता राख्छौं र निर्णयमा पुग्छौं भन्नुभयो ।’
बलियो स्रोतका अनुसार गठबन्धनबाट समाजवादीका धनराज आचार्य नै मेयर उम्मेदवार हुने पक्का जस्तै छ
बरालले अहिले कांग्रेसले टिकट नपाए संगठनको अहितमा जाने बताएका थिए । उनले कुनै हालतमा कांग्रेसले मेयर पाउनुपर्ने रिपोर्टिङ गरेको बताए । ‘कांग्रेसको संगठनको हितमा नहुने र संगठन कमजोर हुने कुरा सुनायौं । हामी ११ गतेसम्म कोशिस गर्छौं,’ उनी भन्छन्, ‘समय हुञ्जेल दबाब दिनुपर्यो । आन्दोलन गर्नुपर्यो । विरोध गरिरहन्छौं ।’
कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पनि नेताहरुले राम्रोसँग परिस्थिति नबुझेको बताए । ‘हाम्रा कुरा राख्यौं । जिल्लाको अवस्था भन्यौं,’ उनले भने, ‘दोहोरो कुरा हुन पाएन । हामी कुरा राखेर पोखरा फक्र्यौं ।’ उनीहरुले देउवासहित नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग भेटेका थिए । ‘अहिलेको परिस्थिति र बाध्यता हो तैपनि हामी मिलाउन खोजिरहेका छौं भन्नुभएको थियो,’ बैठकमा सहभागी पूर्व मन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘भएन भने पनि कन्भिन्स भैदिनुस् भन्नुभयो । हामी कन्भिन्स नभइ फर्कियौं ।’
कांग्रेसले समाजवादीलाई मेयर नस्वीकार्ने भन्दै सोमबार विज्ञप्ति निकालेको थियो भने पालिकाले आ–आफ्नै उम्मेदवार सिफारिस गरेका छन् । पोखराको मेयरका लागि कांग्रेसबाट १८ जना र उपमेयरमा १० जना सिफारिस भएका छन् । त्यस्तै, माओवादी केन्द्रबाट मेयर र उपमेयरमा ३/३ जनाको नाम प्रदेश कमिटीमा सोमबार सिफारिस भइसकेका छन् ।
अरु पालिकामा के हुन्छ ?
पाँच स्थानीय तह रहेको कास्कीमा पोखराको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने भए पनि अरु पालिका भने अझै अन्योलमा छ । मादी गाउँपालिका यसअघि नै माओवादीले दाबी गरेको छ । पोखराको मेयर पाएपछि समाजवादीले माछापुच्छ्रेको दाबी छोड्नेछ । जनता समाजवादीले अन्नपूर्णमा दाबी छोडेको छैन । पोखराको मेयर नपाएपछि कांग्रेस र माओवादीले अरु पालिकामा झनै बढी दाबी गर्ने सम्भावना छ । २०७४ मा एउटा मात्रै पालिकाको अध्यक्ष जितेको कांग्रेसले अन्नपूर्ण नै छोड्ने सम्भावना लगभग छैन । यसबाहेक कांग्रेसले २४ वडामा जितेको छ । माओवादीले मादीका ३ वडामा चुनाव जितेको थियो भने बाँकी एमालेले जितेको हो । गठबन्धनको बैठक मंगलबार बोलाए पनि कांग्रेस र एसका नेताहरु नभएपछि स्थगित गरिएको छ । अर्को बैठक बुधबार डाकिएको छ ।
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१