स्याङ्जा । पुतलीबजार नगर प्रमुख बन्नका लागि नेपाली कांग्रेसका २२ जनाले नगरप्रमुखमा र ६ जनाले उपप्रमुखमा उम्मेदवारीको घोषणा गरेका छन् । नेकपा एमालेका तर्फबाट ८ जनाले प्रमुखमा र ११ जनाले उपप्रमुखका आकांक्षी देखिएका छन्।
नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारका आकाङ्क्षी धेरै भएपछि इच्छुक सबैका नाम जिल्लामा सिफारिस गर्ने तयारी भैरहेको नगर सभापति सुरजकुमार अधिकारीले जानकारी दिए।
सभापति अधिकारीका अनुसार नगर प्रमुखका आकाङ्क्षीहरु श्रीप्रसाद जिटी, कुमार राना, तुलसीराम रेग्मी, तुलसी गिरी, अनुप श्रेष्ठ, भरत लम्साल, सुरजकुमार अधिकारी, हिरादेवी शर्मा, रामचन्द्र रेग्मी, पवन नेपाल, किरणबन्धु अर्याल, वेदप्रसाद दोरंगा, इन्द्रबहादुर गोदार, बिक्रान्तकुमार श्रेष्ठ, कृष्णप्रसाद अर्याल, नवराज सुवेदी, केशवराज लम्साल, ख्यामबहादुर गुरुङ, शाह मोहम्मद, पदमबन्धु पोखरेल, मित्रबन्धु पोखरेल, धनकुमारी थापा रहेका छन्।
यसैगरी उपप्रमुखका दावेदारहरुमा देवी अर्याल, तारा मल्ल, कौशिला पौडेल क्षेत्री, बिदुषा बस्नेत, दिलमाया पौडेल सन्तोषी र गीता आचार्य छन्।
जिल्ला सदरमुकामसमेत रहेको पुतलीबजारमा यसअघि नेकपा एमालेले स्थानीय तह जितेको हो। बहालवाला नगरप्रमुख सीमा क्षेत्री पनि पुनः नगरप्रमुखमा इच्छा दोहोरयाएकी छन् भने हालका उपप्रमुख महेश पुरीको पनि इच्छा देखिएको छ। यसैगरी भरतबहादुर गोदार, अनन्तकुमार श्रेष्ठ, महेश पुरी, दिपक लम्साल, विपिन पौडेल, बिद्यादेवी भट्टराई, रेशमबहादुर खत्री रहेका छन्।
यस्तै उपप्रमुखमा तारा शर्मा, कमला मरासीनी, खडगराज सुवेदी, ओमबहादुर खड्का, दोबबहादुर कार्की, इश्वरी अर्याल, निर्मला लम्साल, शान्तिदेवी गौतम, तिलबहादुर सेन, निर्पल कुमार श्रेष्ठ रहेको र सर्वसम्मत उम्मेदवार चयनमा कठिनाई भएपछि जिल्लाका लागि सिफारिस गरिएको नेकपा एमाले पुतलीबजार नगर अध्यक्ष भरतबहादुर गोदारले जानकारी दिए।
अन्य दलले भने उम्मेदवारी सार्वजनिक गरेका छैनन्। पुतलीबजारमा नेकपा एमाले र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पधी हुन्।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१