पाठ्यक्रममा मुक्तक समावेश गरिनुपर्ने माग

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९
muktak pustak ma rakha

पोखरा । मुक्तक मञ्च केन्द्रीय समितिले विद्यालयदेखि विश्वविद्यालय तहको पाठ्यक्रममा मुक्तक समावेश गर्नुपर्ने माग गरेको छ । मञ्चले सो मागसहित सञ्चालन गरेको ‘पाठ्यक्रममा मुक्तक समावेश अभियान’ ले दबाबमूलक मुक्तक वाचन कार्यक्रमसहित जिल्ला शिक्षा समन्वय इकाइ समिति कास्कीमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख डा. नारायणप्रसाद सुवेदीले भने, ‘मुक्तक छोटो, प्रभावकारी र निकै लोकप्रिय विधा रहे तापनि यो केही कमजोरीले पाठ्यक्रममा छुटेको हुन सक्ने उल्लेख गर्दै अबको पाठ्यक्रममा यो विधा नछुट्ने प्रतिबद्धता जनाउँछु ।’
पछिल्लो समय साहित्यका विभिन्न विधालाई विभिन्न तहका पाठ्यक्रम र पठ्यपुस्तकमा समावेश गरी अध्ययन÷अध्यापन गरिंदै आएको भए पनि मुक्तक विधालाई पाठ्यक्रममा समावेश गरी अध्ययन/अध्यापन गराउने गरिएको छैन ।

मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य भने, ‘नेपाली साहित्यकै काव्यविधामा पर्ने मुक्तकले नेपाली भाषा र साहित्यप्रेमीमाझ जुन लोकप्रियता पाएको छ, औपचारिक अध्ययन अध्यापनमा भने यसले त्यति महत्व नपाएको महसुस हामीले गरेका छौं ।’

‘काव्यको लघुतम विधाका रुपमा सामान्य चिनारीसहित पाठ्यक्रममा समावेश गरिएको भए पनि मुक्तककै सिद्धान्त तथा मुक्तकलाई भने समावेश नगरिएको अवस्थामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका पाठ्यक्रममा क्रमशः मुक्तकको सैद्धान्तिक तथा रचनागत रुपमा समावेश गरियोस् भन्ने हेतुले मुक्तक मञ्च, पोखराद्वारा चरणबद्ध रुपमा यो अभियानलाई अघि बढाएको सर्वविदितै छ । आफ्नो अभियानलाई प्रभावकारी बनाउन पछिल्लो समय दबाबमूलक कार्यक्रमलाई सम्बन्धित निकायमा पु¥याउन नियमित कार्यक्रम गरेको संयोजक नवीन भण्डारी बताए ।

कार्यक्रममा मुक्तक मञ्चका सहसचिव श्रद्धा आचार्य, भरत पोखरेल, सदस्य गौरव ढुंगाना, सौगात तिमिल्सिना, अभियान सदस्य विष्णु सुवेदी, सम्पूर्ण पौडेल, मधुसुदन न्यौपाने, एसपि असफल लगायतले सो माग पेस गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width