म्याग्दी । बिएन्डबि फाउन्डेसनले मालिका ४ का समाजसेवी एवं अस्का छापस्थित शिव आधारभूत विद्यालयका पूर्व प्रअ गोकुल घर्तीमगर र च्युरिबोटस्थित सिद्धार्थ माविका उत्कृष्ट २ विद्यार्थीलाई सम्मान गरेको छ ।
सोमबार सिद्धार्थ माविद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनले पूर्व प्रअ एवं समाजसेवी घर्तीमगरलाई १० हजार र कक्षा १० का छात्रतर्फ हिमाल घर्तीमगर र छात्रातर्फ दर्पना घर्तीमगरलाई उत्कृष्ट विद्यार्थीको रुपमा जनही ५ हजार रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेको हो । घर्तीमगरलाई वडाको शैक्षिक सुधार सहित समाजिक क्षेत्रमा पुर्याएको योगदानको आधारमा सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।
सो पुरस्कार विद्यालय व्यवस्थापन समिति अध्यक्ष तमबहादुर पुन, फाउन्डेसनका अभिभावक नरबहादुर चोचांगी र विद्यालय प्रअ ललितबहादुर घर्तीमगरले संयुक्तरुपमा हस्तान्तरण गरेको शिक्षक छकप्रसाद घर्तीमगरले जानकारी दिए । सो अवसरमा फाउन्डेसनले विद्यार्थीलाई शैक्षिक सामग्री समेत वितरण गरेको छ ।
समाजसेवी बलबहादुर चोचांगी पुन र बागवीर चोचांगी पुनद्वारा स्थापित फाउन्डेसनले २०७३ सालदेखि हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई नगदसहित सम्मान गर्दै आइरहेको छ । २०३५ सालदेखि शिक्षण सेवा सुरु गरेका घर्तीमगरले सोही वडाको खबाङ आधारभूत विद्यालय, ओखबोट मावि र शिव आधारभूत विद्यालयमा प्रअको रुपमा अध्यापन गराएका थिए ।
यस्तै, स्व.मनमाया घर्तीमगरको स्मृतिमा छोराहरु गोकुल घर्तीमगर, दलकुमार घर्तीमगर, प्रेमबहादुर घर्तीमगर र छोरी लाली थापामगरले विद्यालयको सिद्धार्थ मावि अक्षयकोषको लागि १ लाख १५ हजार सहयोग गरेका छन् ।
शिक्षक प्रदीप पौडेलले स्वागत, शिक्षक छकप्रसाद घर्तीमगरले संचालन गरेका थिए । अक्षयकोषलाई अहिलेसम्म २० लाख रुपैयाँ बढी सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । विद्यालयमा १ सय ७० बढी विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
पाेखरामा १७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
भौतिक मन्त्री केसीले गरे कोरोला–त्रिवेणी मार्ग निरीक्षण
लान्द्रुकमा हनी हन्टिङ महोत्सव
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१